Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

कोभिडको बहाना नबनाऔँ, युवालाई सहजीकरण गरौँः मन्त्री गहतराज

खबरडबली संवाददाता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले जनसङ्ख्या र कार्यक्षेत्रको मनोविज्ञान बुझेर बजेट विनियोजन हुन आवश्यक रहेको बताएका छन् । 

युवा तथा खेलकुद मन्त्रालयको आव २०७७÷७८ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा उनले जनसङ्ख्याको ठूलो हिस्साको प्रतिनिधित्व गर्ने मन्त्रालय भएकाले सोही अनुरुपको बजेट विनियोजनका लागि आग्रह गरे ।

सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि वार्षिक कूल बजेटको ०.१६ प्रतिशत मात्र बजेट विनियोजन गर्दैआएको छ । मन्त्री गहतराजले भने, “अव कोभिड–१९ को बहाना बनाएर जिम्मेवारीबाट पन्छने होइन, प्रत्येक युवालाई मन्त्रालय मेरो हो भन्ने अनुभूति दिलाउने गरी हामीले काम सक्नुपर्छ । युवालाई प्रेरित गर्ने ढङ्गबाट सहजीकरण गरिदिनुपर्छ ।”

मन्त्रालयले आगामी दिनमा रङ्गशालालगायतका केही राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न एकिकृत र विकेन्द्रिकृत कार्यक्रम बनाउनुपर्नेमा जोड दिदैँ उहाँले बेरुजु फछ्र्यौटलाई अभियानका साथ नीतिगत र कानूनीरुपमा अघि बढाउन निर्देशन दिए ।
 
उक्त मन्त्रालय र मातहतका निकायको अघिल्लो आर्थिक वर्षमा रु चार अर्ब २४ करोड ५८ लाख बेरुजु रहेकामा रु २२ करोड ९० लाख हजार अर्थात  ६।१० प्रतिशत मात्र फछ्र्यौट भएको आँकडा प्रस्तुत गरियो ।

राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर प्रसादले स्वीकृत कार्यक्रम र लक्ष्यभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिलाई रोक्न तथा पेचिलो अवस्थामा रहेको बेरुजु फछ्र्यौटमा विशेष ध्यान दिन सुझाव दिए । उनले भने, “सरकारले युवाको क्षमता बढाउन बजेट होइन, सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्छ, बालबालिका र ज्येष्ठ नागरिकका लागि भने बजेट चाहिन्छ, प्राथमिकता निर्धारणका साथ विनियोजन भएको रकमका अधिकतम सदुपयोग होस् ।”

मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले मन्त्रालय मातहतका काम कारवाहीमा शुद्धता, अनुशान र प्रभावकारी तुलाउने विषयलाई जोड दिइने अठोट गरे। उनले भने, “खेलकूद परिषद्लगायतका निकाय मन्त्रालयप्रति उत्तरदायी बन्नुपर्छ, मन्त्रालयको वार्षिक बजेटभन्दा ठूलो परिमाणमा रहेको बेरुजु फछ्र्यौटमा विशेषरुपमा लाग्नुपर्नेछ ।” सरकारले उक्त मन्त्रालय मातहत ‘एक पालिकाः एक खेलग्राम कार्यक्रम’ सञ्चालन गरेकामा हालसम्म १४० वटालाई वित्तीय हस्तान्तरण गरिएको छ ।
 
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिवप्रसाद कोइरालाले स्वीकृत कार्यक्रम र योजना अघि बढाउने सन्दर्भमा राजनीतिक आस्थाका आधारमा भुक्तानीसम्बन्धी हुने गुनासो एवम् समस्या सदाका लागि अन्त्य गर्न आवश्यक रहेको धारणा राखे ।

सो अवसरमा अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोगका प्रतिनिधिले बजेट सीमाभित्रको अनुशासनमा रही कार्यक्रम तर्जुमा गर्न,  आयोजना निर्माणको प्रभावकारी अनुगमन गर्न, सार्वजनिक खर्चको सही सदुपयोग तथा मितव्ययी र पारदर्शी तुल्याउन सुझाव दिए।
  
समीक्षामा मन्त्रालय मातहतका राष्ट्रिय खेलकुद परिषद, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद र नेपाल स्काउटका प्रमुख एवं प्रतिनिधिले आ–आफना संस्थाले अघि सारेका ठोस नीति तथा कार्यक्रम, कार्यप्रगति र कार्यान्वयनमा देखिएका चुनौतीसहितको प्रस्तुतीकरण गर्नुभयो ।

उक्त मन्त्रालय मातहत कुनै राष्ट्रिय गौरवका आयोजना नभए पनि ‘एक पालिका एक खेलमैदान’ कार्यक्रमलाई बजेट अभावको अवस्थामा पनि प्राथमिकताका साथ अघि बढाएको जानकारी दिइयो । पहिलो प्राथमिकता प्राप्त छ वटा विकास आयोजना रहेकामा एउटाको ८० प्रतिशत भन्दामाथि, तीन वटाको ५० देखि ८० र दुई वटाका ५० भन्दाकम प्रगति रहेको  बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending