काठमाडौं । नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए। प्रधानमन्त्री देउवा हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको उनले बताए।
नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्किने कार्यक्रम तय भएको छ।
तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन्।
एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०७९ - ०९:३२
कर्णाली । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूर...
श्रावण २९ गते, २०७९ - ०९:१६
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठवन्धन डर र कर दुवैको भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा प्रेस युनियनले गरेक...
श्रावण २९ गते, २०७९ - ०९:०५
'तातोपानी र रसुवामा निर्बाध व्यापार हुन नसकेको वर्षौँ भइसक्यो'
श्रावण २९ गते, २०७९ - ०८:४९
'गठबन्धन परिस्थितिको बाध्यता भएपनि एकलौटी लाद्न मिल्दैन'
श्रावण २९ गते, २०७९ - ०८:३९
कैलाली । कैलालीको टीकापुर–८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् । टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सि...
श्रावण २९ गते, २०७९ - ०७:५६
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल भएको छ । शनिबार पार्टी मुख्यालय पे...
श्रावण २९ गते, २०७९ - ०७:४४
काठमाडौं । हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मनसुनमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । बिहान गण्डकी प्रदेश र लुम्ब...
श्रावण २९ गते, २०७९ - ०७:३७
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्। शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर ...
श्रावण २९ गते, २०७९ - ०७:२८
महोत्तरी । महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ । उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतक...
श्रावण २९ गते, २०७९ - ०७:२३
काठमाडौं । युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका छन् । आफ्न...
प्रतिकृया लेख्नुहोस्: