Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

एमाले महाधिवेशन : सर्वसम्मतको माग गर्दै कार्यकर्ताहरुद्धारा नाराबाजी

खबरडबली संवाददाता
सौराहा ।  नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । 
 
बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् । सौराहामा सुरु हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन् ।
 
उनीहरुले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनैपर्छ भन्दै नारा लगाइरहेका छन् । महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।  सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो । 
 
गत असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनमा पारित विधान अहिले नै परिमार्जन गरिँदा सहमतिका लागि सहज हुने भए पनि छिटोछिटो निर्णय परितर्वन हुने स्थिति आएको टिप्पणी पनि कार्यकर्ताबीचमा सुनिएको छ । तर, सङ्कटपूर्ण अवस्थामा पार्टीको नेतृत्व तहमा उच्चस्तरको एकता, सहमति र उच्च लोकतान्त्रिक अभ्यासका लागि उक्त प्रस्तावलाई अन्यथा मान्न नमिल्ने पनि तर्क प्रतिनिधिको रहेको देखिन्छ ।
 
बन्दसत्रस्थलमा चितवनको चिनारी चिनाउने र स्थानीय उत्पादन तथा विभिन्न माक्र्सवादी पुस्तकका कक्ष राखिएका छन् । प्रतिनिधिको स्वास्थ्य व्यवस्थापनका लागि पार्टीको स्वास्थ्य समितिले निःशुल्क शिविर खडा गरेको छ । प्रतिनिधिका लागि बाँकी परिचयपत्र वितरण कार्य अहिले पनि भइरहेको छ । मनोनितमध्ये कतिपय प्रतिनिधिका परिचयपत्र बन्दै गरेको जनाइएको छ । 
 
बन्दसत्रस्थलमा अहिले प्रवेशका लागि कडाइ गरिएको छ । बन्दसत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने पार्टीले करिब ५०० स्वयंसेवक परिचालन गरेको छ । सो स्थलमा काल माक्र्सको मूर्ति, जननेता मदनकुमार भण्डारी, तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुको तस्बीर सजाइएको छ । पार्टीको केन्द्रीय प्रचार कमिटीले बन्दसत्रस्थल नजिकैको होटेल रोयल सफारीमा मिडिया सेन्टर सञ्चालन गरेको छ भने प्रेस चौतारी नेपाल, चितवन शाखाले सो स्थलमा सञ्चारकर्मीका लागि सहायता कक्षा खडा गरेको छ ।
 
सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका सचिव योगेश भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास भइरहेको र त्यो आवश्यक रहेको जनाए । उनले पार्टीमा एकताका लागि गरिएको १० बुँदे सहमति महाधिवेशनका प्रतिनिधिकै बीचमा रहेको प्रतिक्रिया दिए । सहमतिका नाममा प्रतिनिधिको मताधिकार गर्ने अधिकार कुण्ठित गर्ने त होइन भन्ने प्रश्नमा एमाले केन्द्रीय सदस्य सूर्य थापाले केन्द्रीय कमिटीको संख्या वृद्धि भएकाले अनुभवी नेतृत्व र नयाँ साथीहरु समेटिने गरी नेतृत्व चयन हुने बताए। 
 
पार्टीका प्रतिनिधि र पर्यवेक्षक नेता कार्यकर्ताका प्रतिक्रिया सञ्चारमाध्यममा छाइरहेका छन् । उनीहरुले पनि मुलुकको विषम स्थितिमा पार्टी एकताबद्ध हुनुपर्ने र सहमतिमा नेतृत्व हुनुपर्ने धारणा दिइरहेका छन् ।
 
सहमतिमा नेतृत्व हुने तयारी भएपछि विभिन्न पदमा उम्मेदवारीको घोषणा गर्ने नेताहरुले प्रचार कार्यलाई स्थगन गरेका छन् ।
 
बन्दसत्र सुरु हुनुअघि एमाले नेताहरु छलफलमा जुटेका छन् । आज बिहान १० बजे हुने भनिएको बन्दसत्र सहमतिको प्रयास जारीका कारण १२ बजेपछिमात्र सुरु हुने बताइएको छ । बन्दसत्रमा विदेशी पाहुना प्रतिनिधिले पनि शुभकामना दिने कार्यक्रम छ । सौराहाको होटेल सेभेन स्टारमा निर्मित हलमा बन्दसत्र हुने तयारी छ । सहमति नभए निर्वाचन गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयारी गरेको छ । अहिले सौराहाका सबै होटेल महाधिवेशनका प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र सुरक्षाकर्मीले भरिभराउ छन् भने सडक र चोक वरपर सवारी साधन र मानिसको बाक्लो उपस्थिति देखिन्छ । सौराहा चोकबाट सौराहा बजार आउन जान शुक्रबार साँझदेखि अहिलेसम्म पनि सवारी जामको स्थिति हुँदा व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई धौधौ परेको छ । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा शुक्रबार भएको थियो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending