Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

कर्णाली प्रदेश सरकारमा गठबन्धनलाई भागबण्डा मिलाउनै सकस

विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

खबरडबली संवाददाता

कर्णाली । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् ।

यही मङ्सिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले मङ्सिर १ गते प्रदेशसभा सचिवालयमार्फत बैठकको आह्वान गरिसकेको छ । 

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाख ३ गते सत्ता गठबन्धन दलसँग गरेको भद्र सहमतिमै रहेर गत कात्तिक १५ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्तिको १४ दिनपछि कात्तिक ३० गते नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरेर एक सदस्यीय मन्त्रिपरिषद् विस्तार भएता पनि त्यसयता सरकार गठनका विषयमा कुनै छलफल हुनसकेको छैन । जसले गर्दा नीतिगत तहका गतिविधिका साथै जनताका काम अपेक्षितरूपले अगाडि बढ्न सकेका छैनन् ।

मन्त्रिपरिषद् विस्तार ढिलाइ हुनुमा सबै पार्टीका अधिवेशन, भेला, प्रशिक्षण र सत्ता गठबन्धन दलभित्रै मन्त्रालय बाँडफाँटको कुरा निष्कर्षमा आउन नसकेको नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दलका नेता शाहीले जानकारी दिए । 

मुलुकको राजनीतिक अवस्थामा यो ठाउँमा आउनुमा कर्णाली र त्यसमा एकीकृत समाजवादीका चार प्रदेशसभा सदस्यको कुर्वानीले भएको जिकिर गर्दै उनले आफ्नो पार्टीले तीन मन्त्रालयको दाबी नछाड्ने जनाए । 

दलका नेता शाहीले मुख्यमन्त्रीले समय दिए पनि हामी सत्ता गठबन्धन दलका नेताहरु आ–आफ्ना पार्टीका कार्यक्रममा व्यस्त रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको र अब विश्वासको मत दिएपछि विस्तार हुने बताए । मुख्यमन्त्री शाहीले सत्ता गठबन्धन दलसँगको छलफल र सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ। 

मुख्यमन्त्री शाहीले अहिले सबै दलका वडा, पालिका, जिल्ला, क्षेत्रीय प्रतिनिधिहरूको निर्वाचनको चटारोले केही ढिला भए पनि जतिसक्दो मन्त्रिपरिषद् विस्तारको कार्यलाई तीव्रता दिइने बताए । 

उनले भने, ‘मन्त्रिपरिषद् विस्तारको कार्य सत्ता गठनबन्धन दलकै सल्लाह र निर्णयबमोजिम हुन्छ। यसका लागि हामी गठबन्धन दलका नेताहरू अब यसमा केन्द्रित हुन्छौँ ।’

नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं निवर्तमान मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएलगत्तै मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलहरु बसेर टुङ्गो लगाउने जानकारी दिए । 

विश्वासको मत लिएर मुख्यमन्त्रीले वैधता पाइसकेपछि मन्त्रिपरिषद् विस्तारमा मुख्यमन्त्रीले आफ्नो अडान कायम त राख्नुहुन्न ? भन्ने प्रश्नमा दल नेता शाहीले सत्ता गठबन्धन पार्टीका नेताहरुको आपसी समझदारी र सहमतिअनुसार नै सरकार गठन हुने र त्यो नभए मुख्यमन्त्री आफैलाई समस्या आउने जवाफ दिए । 

सत्ता गठबन्धन दलमा १२ प्रदेशसभा सदस्य भएको नेकपा (माओवादी केन्द्री)ले चार, तीन सदस्य भएको नेकपा (एकीकृत समाजवादी)ले तीन र छ जना सदस्य भएको कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई मन्त्री पाउनुपर्ने जिकिर गर्दै आएका छन् । 

गठबन्धन दलले गरेको दाबीअनुसार १० मन्त्रालय हुनुपर्दछ तर कर्णालीमा मुख्यमन्त्रीसहित मौजुदा आठ मन्त्रालय छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending