Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत : सभामुख

‘संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो’

खबरडबली संवाददाता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताएका छन्। 

गएराति स्पेनमा भएको असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने सन्दर्भमा पनि यसको आवश्यकता औंल्याएका हुन्।

सम्बोधनका क्रममा सभामुख सापकोटाले भने, ‘विश्वका विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट वञ्चित छन् । यी चुनौतिहरू रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् ।’

सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे। 

‘नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन्’ उनले भने, ‘नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् ।’

नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको प्रष्ट पारे। 
सापकोटाले आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यबस्थापिका संघ आई पि यू को १४३ औं सभालाई सम्बोधन गर्दै शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराए। 

आई पि यू सम्मेलनमा सहभागि हुन यहि मंसिर आठ गते स्पेन प्रस्थान गरेका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल यहि मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सभामुखले असंलग्न आन्दोलनको सञ्जाल (नाम) म्याड्रिड बैठकमा गएराति गरेको सम्बोधनको पूर्णपाठ

महामहिम मेडम साहिबा गफारोवा,
महामहिमहरू,
महिला तथा सज्जनवृन्द,

सभामुख महोदयलाई असंलग्न आन्दोलनको संसदीय सञ्जाल (नाम) को बैठक आयोजना गर्नु भएकोमा बधाई दिएर आफ्नो भनाई सुरु गर्दछु । मैले संसद र अजरबैजान सरकारलाई आन्दोलनको उत्कृष्ट नेतृत्वको लागि हाम्रो निष्कपट  प्रशंसाको अभिलेखमा राखेको छु ।

सभामुख महोदय,

संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने र विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरू देख्दा नाम को सान्दर्भिकता आज पनि यथावत छ । विश्वका विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट वञ्चित छन् ।  
यी चुनौतिहरू रहँदासम्म नाम सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् ।
हस्तक्षेप नगर्नेलगायतका उद्देश्यका साथ नाम को स्थापना भएको हो । ‘ग्लोबल साउथ’का कुनै पनि देश र जनता विरुद्ध हुने सबै प्रकारको अन्यायपूर्ण र अनुचित व्यवहारको अन्त्य गर्ने लक्ष्य नाम हो । शीतयुद्धका कारण बढ्दो विभाजनको बीचमा हाम्रा नेताहरू सामूहिक हितको रक्षा गर्न दृढ भएर उभिए ।

सभामुख महोदय,

संसदले जनताको प्रतिनिधित्व गर्छ । जनताले सार्वभौमसत्ता जोगाउनका लागि संसदलाई आफ्नो जनादेश दिन्छन् । विधायिकी अधिकारमार्फत अन्तर्राष्ट्रिय दायित्वहरू प्रयोगमा आउँछन् । संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले नाम का सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास लिएको छु ।

नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन् । नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् । नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ ।  

अन्त्यमा, म नाम ले समकालिन चुनौतिहरूलाई सम्बोधन गर्न सक्षम हुनुपर्छ भन्ने कुरा दोहोर्याउन चाहन्छु । हामीले साझा लक्ष्य हासिल गर्न सामूहिक शक्ति निर्माण गर्नुपर्छ । म यी लक्ष्यहरू प्राप्त गर्न सहभागी प्रतिष्ठित प्रतिनिधिहरूसँग काम गर्ने मेरो प्रतिनिधिमण्डलको दृढ प्रतिबद्धतालाई पुनः दोहोर्याउँछु  ।

तपाईंहरुलाई धन्यवाद

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: