Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

एमाले महाधिवेशन : मतदान जारी, एक पटकमा ६९ जनाले भोट हाल्न सक्ने

खबरडबली संवाददाता

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान जारी छ।  सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो ।

अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य शीर्षनेताले मतदान गरिसकेका छन्। विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ । एक पटकमा ६९ जनाले भोटिङ मेसिनमार्फत भोट हाल्न हाल्न सक्ने व्यवस्था गरिएको छ ।  पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ । 

त्यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश नं १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुला), थारू (खुला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । अरू सबै पदमा सर्वसम्मत भएको छ ।

अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिएका छन्।  यस्तै ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । 

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको छ ।

केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ । प्रदेश नं १ ९भौगोलिक क्षेत्र० खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश नं १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । 

त्यस्तै समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार तथा सुदूरपश्चिम प्रदेशको महिलातर्फ तीन सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ । 

महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छ । महाधिवेशनको उद्घाटनसत्र यही मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्दसत्र सौराहामा भएको हो । सर्वसम्मत पदाधिकारीलगायत सदस्य चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending