Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

माओवादीको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुँदै, फजुल खर्चयुक्त नबनाउने

खबरडबली संवाददाता

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा यही मङ्सिर २५–२६ गते ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुनेछ । सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा ९माओवादी केन्द्र०का कर्णाली प्रदेश सचिव रामदीप आचार्यले जानकारी दिए ।

“सम्मेलनमा प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार १००को सहभागिता रहनेछ”, सचिव आचार्यले भने, “यसका लागि दशै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक राजधानी सुर्खेत झर्ने क्रम चलिरहेको छ ।” कर्णालीका ७९ तहमा चार पालिकाको अधिवेशन सम्पन्न हुन बाँकी रहेको उनले बताए।  

सचिव आचार्यका अनुसार सम्मेलन तयारीका लागि प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत स्वास्थ्य उपचार, आर्थिक व्यवस्थापन, प्रचारप्रसार तथा मञ्च व्यवस्थापन, मेस तथा आवास व्यवस्थापन, स्वयंसेवक परिचालन, कलाकार व्यवस्थापन, प्रतिवेदन तयारीलगायत गरेर आठवटा उपसमिति गठन गरिएको छ । केन्द्रको प्रदेश नेतृत्व चयनका लागि विधानतःनिर्वाचन तथा सहमति दुवै विधि अपनाइने उनले बताउ ।

आर्थिक अनुशासन कायम गरिने

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक नरेश भण्डारीले कर्णाली प्रदेशको प्रथम सम्मेलनमा आर्थिक अनुशासन कायम गरिने बताउनुभएको छ । ऐतिहासिक प्रथम प्रदेश सम्मेलनलाई अन्य पार्टी जस्तो भड्किलो र फजुल खर्चयुक्त नबनाउने गरी कार्यक्रम थालिएको संयोजक भण्डारीले बताए । कार्यक्रमलाई प्रभावकारी र सुव्यवस्थित ढङ्गबाट सम्पन्न गर्ने गरी गठित समितिले क्षेत्रगत कार्य गरिरहेको संयोजक भण्डारीले जनाए । 

पार्टी नेता तथा कार्यकर्तालाई आर्थिक भार नहुने र सबैलाई सहज पहुँच पुग्ने गरी प्रथम प्रदेश सम्मेलन सम्पन्न गर्ने नेकपा माओवादी कर्णाली प्रदेश सङ्गठन समितिले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE