Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

सुदूरपश्चिममा ४२ प्रतिशतले लाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् ।

लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात नौ लाख छ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा माथिको जनसङ्ख्या झण्डै १९ लाख छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकोले खोप दिने कार्य नियमित रुपमा चलिरहेको बताउनुभयो । प्रदेशका १२ देखि १७ समूहका बालबालिकालाई फाइजर र मोडना खोप दिने तयारी पनि गरिएको छ । प्रवक्ता कार्कीले भन्नुभयो, ‘‘आउने पुस महिनाबाट कैलाली र डडेलधुराका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप र अन्य सात जिल्लाका बालबालिकालाई मोडना खोप दिने तयारी छ ।’’ पछिल्लो महिनामा विभिन्न राजनीतिक दलबाट भीड बढ्ने गरी भइरहेका गतिविधिबाट कोरोना सङ्क्रमणको जोखिम बढेको मन्त्रालयका अधिकारीको भनाइ छ ।

उनले भने ‘‘कोरोनाको जोखिम नहटिसकेको भए पनि दल आफैँले भीडभाड गरेर कोरोनाको जोखिम निम्त्याइरहेका छन् ।’’ कोरोनाको नयाँ रुप ‘ओमिक्रोन’ को सम्भावित जोखिमको रोकथामका लागि सीमा नाकालाई थप व्यवस्थित गर्दै भित्रिने नागरिकको स्वास्थ्य जाँच कार्यका साथै खोप सेवालाई निरन्तरता दिइएको छ । सीमा नाकामा स्वास्थ्य परीक्षण गराउँदा पोजेटिभ नतिजा आएकालाई आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ । 

प्रदेशका कुनै पनि सीमा नाकाबाट भित्रिने नागरिकमा अहिलेसम्म नयाँ भेरिएन्टको कोरोना सङ्क्रमण भएको पुष्टि भएको पाइएको छैन । सीमा नाका नजिक धनगढीको बडहरा क्षेत्रमा कोरोनाका शङ्कास्पद बिरामीलाई राख्न निर्माणाधीन होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सङ्क्रमित भएर उपचार व्यवस्थापनपछि घर फर्किनुभएका कतिपय व्यक्तिको स्वास्थ्यमा विभिन्न खालको स्वास्थ्य जटिलता भने देखिने गरेको छ  ।

रिङ्गटा लाग्ने, कमजोरी महसुस हुने जस्ता स्वास्थ्य समस्या देखिने गरेको सङ्क्रमणपछि निको हुनु भएका धनगढीका एक जना शिक्षकले बताउनुभयो । कसै कसैलाई श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । उहाँले भन्नुभयो, ‘‘उपचार व्यवस्थापनपछि घर फर्किएकामा व्यक्तिअनुसार फरक स्वास्थ्य जटिलता देखिने गरेको छ ।’’

रोगको सङ्क्रमणपछि भएको हैरानीले मानसिक तनाव सिर्जना हुँदा पनि सम्बन्धित व्यक्तिमा रिङ्गटा लाग्ने, शरीरका अङ्ग दुख्ने, कमजोरी महसुस हुने समस्या देखिने गरेको छ । हाल सङ्क्रमण र मृत्यु हुने दर केही घटेको देखिएपनि यो रोगको सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ । 

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार आजसम्म चार लाख १८ हजार ३३४ व्यक्तिको नमूना परीक्षण गरिएकोमा ४८ हजार १३४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२ हजार ५१७ को १६ दशमलब ३८ प्रतिशत हो । नमूना परीक्षण गरिएका मध्ये ११ दशमलब पाँच प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

तराईका कैलाली र कञ्चनपुर जिल्ला यो रोगको सङ्क्रमणबाट बढी प्रभावित भएका छन् । यो रोगको सङ्क्रमण फैलिएयता हालसम्म ६१२ जनाको मृत्यु भएको छ । गएको वैशाख जेठ महिनामा यो रोगको सङ्क्रमण र मृत्यु दर उच्च थियो । असार महिना सुरु भएसँगै केही घटेको थियो ।  यसैबीच सामाजिक विकास मन्त्रालयले भीडभाड हुने कार्यक्रम नगर्न, मास्क सही तरिकाले प्रयोग गर्न, पटकपटक साबुनपानीले हात धुन, सङ्क्रमित क्षेत्रबाट आएकालाई कम्तीमा पनि १० दिनसम्म क्वारेन्टिनमा बस्न र कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending