Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

खोटाङको फोक्सिङ्टारमा सात वर्षदेखि अस्थायी बेलिब्रिज

खबरडबली संवाददाता

खोटाङ । सगरमाथा राजमार्गअन्तर्गत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हासम्म रु पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ । 

जिल्लालाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा बिगत सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्दै आइएको छ । 

पक्की पुल निर्माण भइरहेको फोक्सिङ्टारस्थित सुनकोशी नदीमा यस वर्ष गाईघाट–दिक्तेल सडक आयोजनाको रु ७८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले अस्थायी बेलिब्रिज जडान गरेर बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षा शुरु हुने बित्तिकै झिक्न गरी करीब ५० मिटर लम्बाई भएको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको हो । 

एकसय किमी लामो गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधैँ गाईघाट हुँदै धरान, बिराटनगरलगायत शहर जाने दोस्रो छोटो बाटो खुलेको छ । फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज नहुँदा खोटाङ जिल्लाका अधिकांश स्थानीयबासी दिक्तेलबाट घुर्मी–कटारी हुँदै पूर्वी शहर आउने र जाने गरेका छन् । 

फोक्सिङटारमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक रु ८० लाखको हाराहारीमा राज्य कोषको रकम खर्च हुने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले जानकारी दिए । 

‘फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्दा अहिलेसम्म रु पाँच करोडभन्दा बढी खर्च भइसकेको छ’, उनले भने, ‘निर्माणाधीन पक्की पुलको काम यस वर्ष पनि सम्पन्न हुने अवस्था छैन । अर्को वर्ष पनि पुनःअस्थायी बेलीब्रिज जडान गर्नुपर्ने अवस्था छ ।’

गाईघाट–दिक्तेल सडक कालोपत्रको काम भइरहेको छ । सडक निर्माण भएको २७ वर्षसम्म धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको सडक वर्षायाममा सञ्चालन हुने सकेको छैन । फोक्सिङ्टारमा निर्माणाधीन आर्क डिजाइनको पक्की पुल समयमा निर्माण सम्पन्न हुन नसक्दा सुनकोशीमा पानीको बहाव घटेपछि लगाइने र वर्षायाम सुरू भएपछि झिक्ने अस्थायी बेलिब्रिजले हिउँदमा मात्र दिक्तेल–गाईघाट सिधा यतातयात सञ्चालन हुन्छ । 

फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गरेपछि तराईका जिल्ला जोड्ने छोटो मार्ग दिक्तेल–गाईघाट सडक करिब छ महिनामात्र सञ्चालन हुन्छ ।

जिल्लामा खपत हुने दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री सोही दिक्तेल–गाईघाट सडक भएर भित्र्याउने गरिन्छ । सिधा यातायात बिच्छेद भएपछि घुर्मी–कटारी हुँदै जिल्ला भित्र्याइने सामग्री महङ्गो हुने गरेको छ । गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे रु ३ देखि ४ मा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामघाटबाट भित्र्याउँदा प्रतिकिलो रु साँढे ५ मा भित्रिने गरेको उद्योग वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले जानकारी दिए । 

फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा सात वर्षदेखि अस्थायी बेलिब्रिज राख्ने गरिएको हो । फोक्सिङटारमा नौँ वर्षअघि मोटरेबल पुलको ठेक्का लागेर निर्माण सुरु गरिएपनि ठेकेदारको चरम लापारबाहीले हालसम्म सम्पन्न भएको छैन । 

सडक विभागको रु १९ करोड ६० लाख नौ हजार ९४१ लगानीमा पार्वती–वाईपी जेभीले फोक्सिङ्टारमा १२० मिटर लामो मोटरेबल पुल निर्माणको काम सुरु गरिएको थियो ।

नौ वर्षअघि पुल निर्माणको ठेक्का पारेको पार्वती–वाईपी जेभीले पुलको काम सन्तोषजनक नगरी अलपत्र पारेको स्थानीय बासिन्दाले बताएका छन् । विसं २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माणको सम्पूर्ण काम गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो ।

तोकिएको समयमा पुल निर्माणको काम नसकिएपछि पटकपटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन । पहिलो म्याद गुजारेको ठेकेदार कम्पनीले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेपनि काम सम्पन्न गरेको छैन । 

चार वर्षमा सक्नुपर्ने पक्की पुलको काम नौँ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको पाइएको छ । जमिनको अप्ठ्यारो काम सकिएकाले बढीमा जेठसम्म पुल सञ्चालन गर्ने तयारी भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि रामकुमार थापाले दाबी गरेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending