मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका संरक्षण शिक्षा सहायक भुपेन्द्र गुरुङले प्रत्येक सवारीसाधनमा मतदातासँगै पर्यटकको आगमन बढ्दै गएको बताए ।
“मतदाता फर्कन थालेसँगै पर्यटकको आगमन भइरहेको छ”, उनले भने, “दैनिक रूपमा ५०–६० पर्यटक आगमन भएको अभिलेख छ ।”
बिस्तारै ‘सिजन’ पनि सुरुआत भएको र यस पटक निर्वाचन पनि भएकाले मतदातासँगै पर्यटकको आगमन भइरहेको गुरुङले बताए । “पर्यटकका लागि बसोबास गर्ने तथा होटल सरसफाइ गर्न बाँकी हुँदै पर्यटकको आगमन बढ्न थालेको छ”, संरक्षण शिक्षा सहायक गुरुङले भने ।
यहाँ मौसम अनुकूल हुँदै गएका विदेशी पर्यटकको आगमन बढ्दै गएको उनले बताए। यतिबेला होटल तथा बसोबासका लागि व्यवस्थापन सहज हुने र भीडभाड कम हुने भएकाले पनि विदेशी पर्यटकको आगमन भइरहेको गुरुङको भनाइ छ ।
जिल्लावासी मतदानका लागि आइसकेका र सुरक्षित तवरबाट निर्वाचन सम्पन्न गर्न सम्पूर्ण तयारी गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । उनले निर्वाचनको समय भएकाले सुरक्षा निकायको बढी प्राथमिकतामा निर्वाचन सम्पन्न गर्नुमा रहेकाले सचेत भएर यात्रा गर्न पर्यटकलाई सुझाव दिइएको बताए ।
“पर्यटन यहाँको प्रमुख आयस्रोत भएकाले पर्यटकको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नुपर्ने दायित्वका कारण दुबै पक्षलाई ध्यान दिएर सुरक्षाको व्यवस्था गरिएको छ”, प्रजिअ पौड्यालले भने ।
मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्केभञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । साथै, पर्यटकहरू अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न यहाँ पर्यटकको आकर्षण र आगमन हुने गरेको छ ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पर्यटकले यात्राको सुरुआत गर्छन् । यस पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएका छन् ।
विगतमा काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा आउने पर्यटक पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा चामे, खाङ्सारसम्म पुग्ने गरेका छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: