Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतलाई पहिलो मात्रा खोप

खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिए।

जिल्लामा गत शुक्रबारसम्म एक लाख १९ हजार ७८५ जनाले कोभिड– १९ विरुद्धको दोस्रो मात्रा लगाइसकेका छन् । एघार पालिकामध्ये सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ३९ हजार ४५५ जनाले पहिलो मात्रा लगाएका हुन् । वालिङ नगरपालिकामा २८ हजार १७, गल्याङ नगरपालिकामा १८ हजार ८३, चापाकोट नगरपालिकामा १२ हजार ६३४ र भीरकोट नगरपालिकामा ११ हजार ८९७ जनाले पहिलो मात्रा लगाएका छन् ।

 त्यस्तैगरी कालीगण्डकी गाउँपालिकामा १० हजार ८२६, बिरुवा गाउँपालिकामा दश हजार ३१६, हरिनास गाउँपालिकामा आठ हजार १००, आँधीखोला गाउँपालिकामा सात हजार ८३१, फेदीखोला गाउँपालिकामा सात हजार ६१४ र अर्जुनचौपारी गाउँपालिकामा सात हजार ५८२ जनाले पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा लगाउनेमा सबैभन्दा धेरै ९२४ हजार ५१० जना० वालिङका नगरपालिकाका छन् । 

पुतलीबजारका २४ हजार १३७, भीरकोटका  १२ हजार १०२, चापाकोटका  नौ हजार ५७, गल्याङका आठ हजार ७३४ जनाले पनि दोस्रो मात्रा लगाएका छन् । त्यस्तै कालीगण्डकीका दश हजार २०७, बिरुवाका आठ हजार ३१०, अर्जुनचौपारीका ७ हजार २४१, आँधीखोलाका छ हजार ५५९, फेदीखोलाका छ हजार ३१९ र हरिनासका दुई हजार ६०९ जनाले खोपको दोस्रो मात्रा पनि पूरा गरिसकेका छन् ।जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सबैभन्दा धेरै खोप भेरोसिल लगाइएको प्रमुख शर्माले बताए । कोभिसिल्ड, एस्ट्राजेनेका, जोनसोन एण्ड जोनसोन खोप पनि लगाइएको छ ।

“अठार वर्ष उमेर समूहभन्दा माथिका ९९ प्रतिशत नागरिकलाई पहिलो मात्रा खोप लगाइसकेका छौं” प्रमुख शर्माले भने, “दोस्रो मात्रा पनि धेरैले लगाइसकेका र बाँकीलाई लगाउने तयारी भइरहेको छ ।”अठार वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाइसकेकाले अब आजदेखि जिल्लामा मोर्डना खोप लगाउन सुरु गरिने उहाँले  जानकारी दिनुभयो । प्रमुख शर्माका अनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका करिब २९ हजार बालबालिकालाई खोप लगाउने गरी तयारी भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending