Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

खबरडबली संवाददाता
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका । 
 
स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उहाँहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उनले बताए।
 
छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उनको भनाइ छ । त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि निर्वाचनलाई स्वच्छ,, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
 
‘अबको निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुनेछ’
 
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताएका छन् । निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उहाँले निर्वाचन आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताए ।
 
पत्रकार विचार र समाचार सम्प्रेषण गर्ने मात्रै नभएर परिवर्तनको संवाहक, दुःखसुख बिसाउने, आपत विपद्मा भरपर्दो साथी र सामाजिक जागरण ल्याउने सारथी पनि भएका कारण आयोगले महिला पत्रकारसँगको छलफल कार्यक्रमलाई अगाडि बढाएको प्रमुख आयुक्त थपलियाले सुनाए । 
 
“निर्वाचन सञ्चालन र व्यवस्थापनका सन्दर्भमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित भएर छलफल हुनेछ”, उनले भने, “जसबाट प्राप्त सुझावलाई आगामी दिनमा आम सञ्चारको क्षेत्रलाई निर्वाचनका सन्दर्भमा व्यवस्थापन गर्ने उपयुक्त रणनीति बनाउने छौँ ।” 
 
सो क्रममा उनले बहुदलीय व्यवस्थामा दल महत्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलको दर्ता, नियमन विवाद निरुपणका साथै निर्वाचनका विभिन्न व्यवस्थापन गर्ने क्रममा मतदानस्थल, मतदान केन्द्रको व्यवस्थापनको काम गर्ने हुँदा निर्वाचनलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिताको कार्यान्वयनको काममा केन्द्रित रहेर गर्दै आएको काममध्ये अहिले सञ्चालन भएको उनले बताए । 
 
सो क्रममा उनले आमसञ्चार क्षेत्रलाई निर्वाचनसँग जोड्नका निम्ति पनि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। निर्वाचन गतिलो भयो भने मात्रै शासक, प्रतिनिधि गतिलो हुने उल्लेख गर्दै उनले निर्वाचन आयोग र त्यसभन्दा बाहिरका सरोकारवाला राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवाला निकायसमक्ष जोड्ने पुलको काम सञ्चार जगत्ले नै गर्ने भएकाले त्यसमा सहयोग गर्न पत्रकार र सञ्चारगृहलाई आग्रह गरे। 
 
गोष्ठीमा छापा र टेलिभिजनलगायतका सञ्चारमाध्यममा कार्यरत २६ महिला पत्रकारको सहभागिता छ । गोष्ठीमा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैङ्गिकता तथा समावेशीता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा छलफल हुने आयोगले जनाएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending