काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चक्कर लगाइरहेको छन् । दिनहुँ विमानस्थल पुग्नुहुन्छ, उडान रद्ध भएको सूचना पाएसँगै निराश भएर फर्किन्छन् ।
रोमानीयामा रोजगार गर्दै आउनुभएका तामाङ दुई महिनाको घर बिदा सकेर पुन: उतै फर्किने लाग्नुभएको छ । युद्धको प्रभावले गर्दा विमान रद्ध भएपछि उहाँ चार दिनदेखि विमानस्थल धाइरहनुभएको छ।
“उडान अनिश्चित भएकाले घर फर्किने स्थिति छैन । हरेक २४ घन्टामा विमान उडानको स्थिति बुझ्नुपर्छ । यस्तो अवस्थामा न भोट हाल्न घर जान पाइने भयो, न उडान नै । निकै फसादमा छु”, उनले गुनासो गरे।
कैलाली टीकापुरका प्रदीप रावलको नियति पनि त्यस्तै छ । उनलाई बिदाइ गर्न आमा र हजुरआमा चार दिनअघि विमानस्थल आएको थिए । “छोरो विदेश बिदाइ गर्दा आमा रुदैँ गए, म यहीँ छु”, उन भने,“घरै फर्के भन्न्छन्, भोट हाल्न मन छ, तर यता उडान छुट्ने डर पनि छ ।”
रावलले देशको प्रतिनिधि चुन्न पाउने नैसैर्गीक अधिकारको सदुपयोग गर्ने चाहना हुँदाहुँदै परिस्थितिका कारण काठमाडौँमै अल्झिनुपरेको छ ।“पहिला विदेशमा दिएँ, अहिले स्वदेशमै हुँदा नि भोट हाल्ने अवसर जुरेन । निकै दु:ख लागेको छ ।”
तामाङ र रावल मात्र होइन, अमेरिका–इजराइल र इरानबीचको द्वन्द्वपछि मध्यपूर्वस्थित खाडीमुलुकमा जाने धेरै नेपाली प्रभावित भएका छन् । विदेशमा रहेका नेपाली कसरी सुरक्षित हुने भनेर तनावमा छन् भने नेपालबाट विदेश जाने तयारीमा रहेकाहरु विमान उडान हुने हो कि नहुने हो भनेर ।
भोजपुरका कुलबहादुर विश्वकर्माले त सोमबार दुवई पुगिसक्नुपर्ने समयसीमा थियो, तर त्यहाँ कहिले पुग्ने हो टुङ्गो छैन । एकातिर काम गर्ने ठाउँ पुग्न पाइएको छैन, अर्कोतिर देशमै भए पनि भोट हाल्न नपाउने भए पनि उहाँमा तनावमाथि तनाव छ । “भोट हाल्न मन त थियो, तर घर आउँदा जाँदै दुई दिन लाग्छ । सबै मत हाल्न आआफ्नो घरतिर गएपछि मन खिन्न भएको छ”, उनले भने।
नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष भुवनकुमार गुरुङले भने युद्धका कारण केही उडान अनिश्चितकालीन रूपमा रद्ध भएका र तुरुन्तै खुल्ने सम्भावना नरहेकाले घर फर्किन आग्रह गर्छन् । “उडान तुरुन्तै हुँदैन, ढुक्क भएर घर फर्किए हुन्छ”, उनले भने,“यद्यपि, आफ्नो कम्पनीसँग सम्पर्क गरिरहनुपर्छ ।”
नेपाल नागरिक उड्डयन प्राधिकरणको सूचनाअनुसार मध्यपूर्व क्षेत्रका कतार, युएइ, कुवेत, इरान, इराक, इजराइल, जोडन, लेबनान, बहराइनका विमानस्थल बन्द गरिएका छन् । नेपाल सरकारको तथ्याङ्क अनुसार खाडी मुलुकमा काम गर्न जाने श्रमिकको सङ्ख्या १९ लाख छ, जसमध्ये कतारमा तीन लाख ५७ हजार ९१३ छन् । ओमनमा २५ हजार, इजराइलमा छ हजार ५००, इरानमा छ जना, कुवेतमा एक लाख ७५ हजार नेपाली छन् ।
यसैगरी, बहराइनमा २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५ र संयुक्त अरब इमिरेट्समा सात लाख, लेवनानमा एक हजार ५०० इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली कामदार छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: