Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

कृषि तथा पशुपालनमा नयाँ प्रविधिको खाँचो छ : मन्त्री यादव

खबरडबली संवाददाता

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले मुलुकका आर्थिक विकास तथा समृद्धिका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशनको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनमा उनले कृषि तथा पशुपालन विकासका क्षेत्रमा नयाँ प्रविधिको प्रयोगको खाँचो औँल्याउँदै यसमा गरिने लगानीले उत्पादनको वृद्धिका साथै त्यसको लागतमा कमी आउने हुँदा कृषक अधिक्तम लाभान्वित हुने बताए ।

सरकारले किसानलाई उपलब्ध गराउने विभिन्न अनुदान तथा सहुलियत उनीहरूको हातमा पु¥याउन तीनै तहका सरकारबीच समन्वय गर्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले किसानलाई समयमा बीउविजन, प्राविधिक ज्ञान, आवश्यक सूचना उपलब्ध गराउन प्रयत्न भइरहेको जानकारी दिए । उनले मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएकाले सरकारले मलमा दिएको अनुदान कम हुन पुगेको र यसको अभाव देखिएको प्रष्ट पार्दै पेट्रोलियम पदार्थको जस्तै स्वचालित मूल्य समायोजन गरी मल आपूर्ति बढाउन गृहकार्य भइरहेको बताए ।

सोही मन्त्रालयका सचिव निरु दाहालले बहुसङ्ख्यक कृषकको हितमा हुने गरी कृषिमैत्री नीति ल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘अष्ट ज अभियान’ का संस्थापक लोककृष्ण भट्टराईले  मुलुकमा उत्पादित कृषि उपजमा आत्मनिर्भर भई उपभोग्य वस्तुमा आयात प्रतिस्थापन गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने विचार व्यक्त गरे ।

एशोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले देशमा भएका खेतीयोग्य जमिनलाई उपयोग गर्नुपर्नेमा जोड दिँदै स्वदेशमा आत्मनिर्भर हुने गरी पशुपक्षीको विकास गरी यस क्षेत्रको आयातलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । एशोसिएसनका महासचिव विशेश्वरप्रसाद यादवले पशुपन्छी औषधि ऐन ल्याउन माग गर्दै पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई अविलम्ब स्वीकृत गर्न माग गरे । सरकारी, गैरसरकारी र सहकारीमा संलग्न करिब ६० हजार पशुस्वास्थ्यकर्मी क्रियाशील रहेको बताइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका भेनेजुएला तनाव: भेनेजुएलाकी उपराष्ट्रपतिले भनिन्– मादुरो जीवित रहेको प्रमाण चाहियो

काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्...

महामन्त्रीद्वयसँग कानुनविदले भने: विशेष महाधिवेशन रोक्ने अधिकार कसैलाई छैन

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छ...

कङ्गोमा विद्रोही आक्रमण, १४ जनाको मृत्यु

कङ्गो। अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर(पश्चिम नर्थ ...

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकासमा ...

पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन दिन हुँदैन: धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन नदिने र एकतावद्ध बनाउनेमा जोड रहने बताएका छन्। शनिबार डा।...

अमेरिकी सैन्य हमला : भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेपछि देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। ...

झापा–५ बाट केपी ओलीको नाम एकल सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। शनिबार बसेको क्षेत्...

पूर्वमन्त्री खड्कासहित कांग्रेस र एमालेका नेता रास्वपा प्रवेश

पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...

इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प

फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक : विश्वकप देखि उमेर समूहको क्रिकेटसम्म

काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending