काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनप्रतिनिधिमूलक संस्था संसद् बन्धक बनाएर प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० ले धुन्धुकारी प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप लगाए।
“संसद् जनता र राष्ट्रका आवाज तथा जनताका विभिन्न समस्याहरू उठाउने, जनताका ढुकढुकी प्रतिविम्बित गर्ने, राष्ट्रका अत्यन्त महत्वपूर्ण नीति, कार्यक्रम, ऐन, कानुन तथा सङ्कल्पहरू निर्माण गर्ने थलो हो तर यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ रु”, उनले भने, “यो राष्ट्रलाई चल्न नदिने अराजकताको खाडलतर्फ लाने यो एकप्रकारको धुन्दकारी प्रवृत्ति हो । यो प्रवृत्तिबाट प्रतिपक्षी पार्टी ग्रस्त छ ।”
एमाले संसद्को मर्यादालाई समाप्त पार्ने ठाउँमा पुगेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री खनालले एमाले तर्क, शक्ति, बौद्धिकता, मर्यादा र संवैधानिकता सकिएपछि बल प्रयोगमा लागेको बताए । “संसद् भनेको प्रतिपक्षको पनि हो, प्रतिपक्षले संसद्लाई कसरी प्रयोग भन्नेबारेमा बुद्धिमत्तापूर्वक प्रयोग गर्न सक्नुपर्छ”, उनले भने
।
प्रतिपक्षी एमालेले पुनःस्थापित संसद् बैठक अवरुद्ध पार्दै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसद्मा नाराबाजी गरी बैठकको कामकारबाही प्रभावित तुल्याउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - २०:३४
बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...
फाल्गुन १९ गते, २०८२ - २०:३०
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...
फाल्गुन १९ गते, २०८२ - २०:२६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...
फाल्गुन १९ गते, २०८२ - २०:२०
काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...
फाल्गुन १९ गते, २०८२ - १९:४६
भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...
फाल्गुन १९ गते, २०८२ - १९:२०
इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...
फाल्गुन १९ गते, २०८२ - १९:१०
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...
फाल्गुन १९ गते, २०८२ - १९:०२
काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...
फाल्गुन १९ गते, २०८२ - १८:५४
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...



प्रतिकृया लेख्नुहोस्: