Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

खबरडबली संवाददाता
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ ।
 
भन्सार विभागद्वारा आज यहाँ जारी पछिल्लो तथ्याङ्कानुसार गत आवका तुलनामा आयात ५९ दशमलव ५५ प्रतिशतले बढेको छ ।  गत आवको पहिलो पाँच महिनामा रु पाँच खर्ब २५ अर्ब मूल्य बराबरको आयात भएकामा चालू आवको मङ्सिर मसान्तसम्म रु आठ खर्ब ३८ अर्ब पुगेको छ । त्यस्तै गत आवको पहिलो पाँच महिनाका तुलनामा चालू आवको निर्यात १०५ दशमलव ६१ प्रतिशतले बढेको छ । गत आवको मङ्सिर मसान्तसम्म रु ५० अर्ब पाँच करोड बराबरको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा रु एक खर्ब दुई अर्ब बराबरकोे निर्यात भएको छ ।
 
विभागकाअनुसार चालू आवको पहिलो पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए तापनि मुलुकको व्यापार घाटा भने अघिल्लो आवको तुलनामा ५४ दशमलव ७ प्रतिशतले बढेर रु सात खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पहिलो पाँच महिनामा व्यापार घाटा रु चार खर्ब ७५ अर्ब थियो । 
 
मुलुकको कूल वैदेशिक व्यापारमा गत आवको पहिलो पाँच महिनासम्म आयातको हिस्सा ९१ दशमलव तीन प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ४५ प्रतिशतले घटेर चालू आवमा ८९ दशमलव ०७ प्रतिशतमा आएको छ । 
 
त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५ दशमलव ७२ प्रतिशतले बढेर १० दशमलव ९३ प्रतिशत पुगेको छ । यस्तो हिस्सा अघिल्लो आवको पहिलो पाँच महिनामा आठ दशमलव सात प्रतिशत थियो ।
 
चालू आवको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालू आवको मङ्सिर महिनासम्म रु ४९ अर्ब दुई करोड बराबरको डिजेल आयात भएको देखिन्छ । 
 
त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रामा छ । नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालू आवको पहिलो पाँच महिनामा रु ३३ अर्ब ६६ करोड मूल्य बराबरको करिब ९८ करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै पाम आयल रु २४ अर्ब ६१ करोड, पेट्रोल रु २४ अर्ब १० करोड र एलपी ग्यास रु २३ अर्ब ११ करोड तथा टेलिफोन रु २० अर्ब ३५ करोडको आयात भएको विभागले जनाएको छ । 
 
त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार स्वदेशबाट रु ३० अर्ब ५५ करोड बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधनपश्चात् निर्यात हुने गरेको छ । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो पाँच महिनासम्म रु २७ अर्ब ४२ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ । 
 
त्यस्तै रु तीन अर्ब ७३ करोड बराबरकोे गलैँचा तथा रु दुई अर्ब ६५ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ । सार्वजनिक तथ्याङ्कानुसार चालू आवको पहिलो पाँच महिनामा नेपालले भारतबाट करिब पाँच खर्ब तीन करोड मूल्य बराबरका वस्तु आयात गरेको देखिन्छ भने रु ८४ अर्ब १५ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ । 
 
सोअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै रु चार खर्ब १५ अर्बभन्दा धेरै रहेको देखिन्छ । त्यस्तै नेपालले चीनबाट रु एक खर्ब २२ अर्ब मूल्य बराबरका वस्तु आयात गरेकामा रु ३८ करोड १६ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।
 
विभागको विवरणानुसार सबैभन्दा धेरै वीरगञ्ज नाकाबाट रु दुई खर्ब ९० अर्बभन्दा बढी मूल्य बराबरको आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट रु एक खर्ब ३६ र त्रिभुवन विमानस्थल नाकाबाट रु एक खर्ब पाँच अर्बभन्दा बढी मूल्य बराबरका वस्तु आयात भएको देखिन्छ । नेपालले वीरगञ्ज भन्सारबाट रु ४९ अर्ब ४१ करोड, विराटनगर भन्सारबाट रु २८ अर्ब ५६ करोड तथा त्रिभुवन विमानस्थल नाकाबाट रु १४ अर्ब ४१ करोडभन्दा बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ । 
 
 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE