Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

अन्तर कलहका कारण वामपन्थी विभाजित हुनु दुःखद् : महासचिव पोखरेल

प्रचण्डलाई पुनः नेतृत्वकाे शुभकामना

खबरडबली संवाददाता
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले कार्य नीति वा नेताको अन्तर कलहका आधारमा वामपन्थी पार्टीहरू विभाजित हुन नहुने बताएका छन् ।
 
नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै महासचिव पोखरेलले गत निर्वाचनमा बनाइएको वाम गठबन्धनलाई जनताले दिएको कार्यादेश बमोजिम नेकपा निर्माण भए पनि त्यसलाई बचाउन नसकिएकाले फेरि पनि एकताका लागि इमानदार प्रयास गर्नुपर्नेमा जोड दिए । उनले नेकपाको एकता बचाउन नसक्नुमा पश्चाताप गर्दै वामपन्थी आन्दोलन लक्ष्यतिर उन्मुख हुनका लागि कार्यनीतिका विवादका कारण बेमेल र अन्तरकलहमा आधारित भएर नबहकिइकन जनताको अपेक्षा बमोजिम अघि बढ्न आवश्यक रहेको बताए ।
 
“राजनीतिक क्रान्ति र परिवर्तनपछि पनि जनताले खोजेको समृद्धि र विकास दिन किन सकेनौँ भन्नेबारेमा आत्म समीक्षा गर्नुपर्ने भएको छ”, महासचिव पोखरेलले भने, “जनताका अधिकारका मामिलामा हामी दलहरू च्याम्पियन छौँ तर जनताका आकाङ्कक्षालाई पूरा गराउन हामीले कति सकेका छौँ भन्नेमा यस्ता महाधिवेशनमा घोत्लिएर समीक्षा गर्नुपर्छ । त्यसमा यो महाधिवेशन सफल हुन सकोस् ।” 
 
माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा रोल्पा र रुकममा तत्कालीन सरकारले दमन गर्दा त्यसको विरोधसहित शान्ति पदायात्राको नेतृत्व आफूले गरेको स्मरण गर्दै महासचिव पोखरेलले संविधानसभा र राज्य पुनःसंरचनाका माध्यमबाट मुलुकको निकास सम्भव छ भन्ने प्रस्ताव पनि आफूले अघि सारेको बताए । उनले नेपालको राष्ट्रियता, स्वाधीनता, वैदेशिक मामिला र आर्थिक विकासका प्रश्नमा सबै दलहरूबीच साझा धारणा बनाउन सक्नुपर्ने पनि बताए । उनले एमालेले चाहेको र माओवादी केन्द्रले चाहेके समृद्धि र समाजवादमा भिन्नता छैन भने एक ठाउँमा बसेर अघि बढ्न सकिने स्पष्ट गरे ।
 
महासचिव पोखरेलले महाधिवेशनबाट अध्यक्ष प्रचण्डलाई पुनः नेतृत्वमा आउने स्थिति देखिएकाले उनलाई सफलता हासिल गर्ने शुभकामना पनि दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending