काठमाडौं । धितोपत्र बजारमा शेयरका कारोबार मापक नेप्से परिसूचक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१.२० अङ्कले बढेर दुई हजार ५९१.४२ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३८ अङ्कले बढेर ४८२.७४ मा पुगेको छ । कूल २३१ कम्पनीको ८६ लाख एक हजार ९५६ कित्ता शेयर रु पाँच अर्ब १७ करोड ३२ लाख ५०३ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै, ११ उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् ३.४६ र वित्त २४.२ अङ्कले ओरालो लागेको छ । यस्तै, बैंकिङ २०.४५, व्यापार २१.३३, होटल तथा पर्यटन ४८.४७, विकास बैंक ५१.५८, निर्जीवन बीमा ९०७.१, उत्पादन ३५५.३४, अन्य ५०.४३, १७२.६६, जीवन बीमा १, सामूहिक लगानी कोष ०.११ र लगानी २.३८ अङ्कले उकालो लागेको छ ।
कारोबारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३२ करोड सात लाख ४९ हजार ७३६ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु २६ करोड ६६ लाख ५२ हजार ६८५, नेपाल लाइफ इन्स्योरेन्स रु १९ करोड सात लाख ५१ हजार, शिवम् सिमेन्ट रु १५ करोड ५२ लाख सात हजार ३३९ र नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ३३ लाख २९ हजार ५३३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
२० कम्पनीको शेयरमा सर्किट
लामो समयपछि विभिन्न २० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेकाअनुसार नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सलगायत विभिन्न २० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ ।
त्यस्तै, गुर्खाज फाइनान्स ५.५७, सनराइज फस्ट म्युचुअल फण्ड ३.११, माउण्टेन इनर्जी ३.११, ग्रीन हाइड्रोपावर २.९६ र विशाल बजार कम्पनीका लगानीकर्ताले २.९५ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ५५ अर्ब ३१ करोड ८४ लाख १५५ बराबर पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: