Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

महाधिवेशन प्रतिनिधिको विश्वास : माओवादी पुनः बौरिएर आउँछ

खबरडबली संवाददाता

काठमाडौं । तत्कालीन नेकपा९माओवादी०ले सञ्चालन गरेको जनयुद्धका कारण देशमा गणतन्त्र स्थापित भएको छ । लामो व्यवस्थामा बदलाव आएको छ । राजनीतिक प्रणाली फेरिएको छ । मानिसका सोच र चाहना चलायमान भएका छन् । यद्यपी राजनीतिक क्रान्तिसँगै आर्थिक विकासले गति लिन नसक्दा अवस्थामा खासै परिवर्तन आएको छैन । 

जनयुद्धका क्रममा १७ हजार बढी नागरिकको ज्यान गयो । हजारौँ नागरिक घाइते भए । एक हजार ५०० बढी नागरिक बेपत्ता भए । राजनीतिक रूपमा परिवर्तन भए पनि शहिद, बेपत्ता र अपाङ्गता भएका नागरिक र तीनका परिवारले परिवर्तनको अनुभूति ढुङ्गसँग महसुश गर्न पाएका छैनन् । मानिसमा एक प्रकारको निराशा पनि सँगसँगै छ  । यो सँगै अझै आश मेरेको छैन किनकी ‘सास रहेसम्म आश रहन्छ’ भन्ने विषय मानवीय स्वभाव हो । 

नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँमा शरु भएको छ । महाधिवेशनमा एक हजार ७०० बढी प्रतिनिधि सहभागी छन् । राजनीतिक क्रान्तिमा श्रेष्ठता हासिल गरेको माओवादीले यस महाधिवेशनबाट थप प्रष्ट विचारसहित आफूलाई स्थापित गर्ने बताइरहेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अढाई घण्टा लगाएर राजनीतिक प्रतिवेदन पेश गरे । माओवादीका प्रतिनिधि तथा पर्यवेक्षक अध्यक्ष प्रचण्डको प्रतिवेदन अध्ययन गर्ने क्रममा छन् । महाधिवेशनमा विभिन्न वर्ग, क्षेत्र र समुदायका प्रतिनिधिको उपस्थिती छ । उनीहरूमा अझै पनि विश्वास छ, माओवादी बौरिएर आउँछ र २०६४ सालको जस्तै स्पातिलो बन्छ । जनताको विश्वास र भरोसा पनि उस्तै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई माओवादीले स्थापित गरेको छ । 

माओवादीको महाधिवेशनमा सहभागी हुन आउनु भएका रुकुम पश्चिमका वृक्ष उकेरा क्षेत्री ‘साकार’ आफैँ जनयुद्धको एक योद्धा हुनुहुन्छ ।  पूर्व जनमुक्ति सेनामा काम गर्नुभएका क्षेत्री युद्धको क्रममा घाइतेसमेत हुनुभयो । उहाँलाई लागेको छ, माओवादी छिट्टै पूर्ववत् अवस्थामा फर्कनेछ । उहाँले शहिद परिवार, घाइते योद्धाको निम्ति पार्टी फुट्नु अत्यन्त दुखद्  भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,  “मेरो आग्रह छ माओवादीहरू मिल्नुपर्छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा फेरी पूर्व माओवादीहरू एकीकृत हुनुपर्छ ।”

विसं २०६४ को संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी भएको थियो ।  अबको निर्वाचनमा पनि माओवादी पहिलो पार्टीको रूपमा आउनुपर्छ भन्ने उहाँलाई लागेको छ ।  विसं २०५५ देखि माओवादी पार्टीमा आबद्द हुनुभएका श्रेत्री २०५७ सालमा जनमुक्ति सेनामा प्रवेश गर्नुभएको थियो । जनयुद्धका क्रममा पाल्पा आक्रमणमा घाइते भइपछि दायाँ खुट्टा गुमाउनु परेको थियो । 

उहाँले रासससँगको कुराकानीमा भन्नुभयो, “जनताले हेर्दा सबै पार्टीको विधि, विधान, एजेण्डा, भाषण, सिद्दान्त राम्रै लाग्छ तर व्यवहारमा लागू कुन पार्टीले ग¥यो त भन्ने विषय मुख्य हो । व्यवहारमा हेर्दा सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र माओवादीको एजेण्डा हो भन्नेमा जनता प्रस्ट छन् ।”

उहाँको  विचारमा दलित, महिला, जनजाति, मधेशीलगायत उत्पीडित समुदायको पार्टी भनेकै माओवादी पार्टी हो । यो पार्टीको विगतमा केही कमिकमजोरी भए पनि त्यसलाई सच्याउँदै फेरी आफ्ना मुद्दालाई लिएर जनता सामु जानुपर्ने उहाँको सुझाव छ । पार्टीको महाधिवेशनले अझै शसक्त नीति बनाएर जनतामा जाने उहाँको विश्वास छ । 

उहाँलाई लाग्छ दश वर्षे जनयुद्ध माओवादीले जितेको पनि होइन र हारेको पनि थिएन ।  अब फेरी जनयुद्ध वा द्वन्द्व गर्न सम्भव पनि छैन । शान्ति प्रक्रिया एउटा सम्झौता मात्रै भएको हो । माओवादी शान्ति प्रक्रियामा आएको धेरै भएको छैन । राज्य संरचनामा माओवादी भर्खरै आएको हुँदा सबै पार्टीसँग सहकार्य जानुको विकल्प थिएन ।  उहाँलाई  जनयुद्धप्रति कुनै पश्चाताप छैन बरु गर्वको बोध छ ।  “हामी व्यक्ति वरिवर्तनको लागि लडेको होइन, साम्यवादका लागि लडेको हो । सिङ्गो देशको प्रणाली परिवर्तनका लागि लडेका हौँ, त्यसैले धैर्य गर्नुपर्छ परिवर्तन भएको हन्छ, हुन्छ ।”

सुदूरपश्चित प्रदेश पञ्चदेवल विनायक नगरपालिका–४ कालिका महाधिवेशन प्रतिनिधि, रामबहादुर विक पनि माओवादी पूर्ववत् अवस्थामा फर्कनेमा ढुक्क हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “माओवादीसँग एजेण्डा छ ।” माओवादीको एजेण्डालाई अरुहरूले खोस्न खोजेर यो नखोसिने उहाँको भनाइ छ । 

नेपालको राजीनतिक परिवर्तन र यो व्यवस्था ल्याउका लागि माओवादी आन्दोलनको ठूलो त्याग, तपस्या र सङ्घर्ष रहेको स्मरण गर्दै उहाँले आफूहरूले उठाएका एजेण्डा अहिले राज्यमा स्थापित भएका प्र्रसन्नता व्यक्त गर्नुहुन्छ ।  

राजनीतिक एजेण्डालाई त्यसलाई संस्थागत गर्नका लागि माओवादी पुसन आफ्नो धरातलमा फर्कनुपर्ने उहाँको भनाइ छ । “पार्टी जनताको बीचमा जानुपर्छ । जनतालाई एकताबद्ध गर्नुपर्छ र फेरी जनतालाई राज्य सत्ताको मूलप्रवाहमा जोड्नका लागि माओवादी पार्टीले त्यही प्रकारको नीति बनाउनुपर्छ”, उहाँले भन्नुभयो । 

नामले परिवर्तन भयो तर जनताको जीवनमा परिवर्तन भएको छैन जनताको जीवन शैलीमा परिवर्तन गर्नका लागि माओवादीले एक पटक फेरी पहल गर्नुपर्ने उहाँको भनाइ छ । “यो देशका उत्पीडित जाती, महिला, दलित, जनजाति, उत्पीडित क्षेत्रका मानिसलाई फेरी राज्यको मूल प्रवाहमा जोड्नका लागि माओवादी पार्टीले फेरी एक पटक अभियान चलाउनुपर्ने आवश्यकता देखिन्छ”, उहाँले भन्नुभयो ।  

माओवादीबाट छुट्टिएर अर्को पार्टी खोल्ने नेताहरूलाई तपाई के भन्नुहुन्छ रु भन्ने प्रश्नको जवाफमा उहाँको टिप्पणी छ, “राजनीतिक पार्टीमा यो प्रवृत्ति स्वाभाविक हो ।  केही मान्छेहरू व्यक्तिगत स्वार्थ प्राप्तिका लागि मूल पार्टी छोडेर दायाँबायाँ गरी नै राखेका हुन्छन् ।”

उहाँको विचारमा प्रतिगमनकारी गतिविधिमा लागेका मान्छे र समूहसँग जानु आफैमा मिल्दो कुरा थिएन । उहाँले भन्नुभयो, “केपी ओली शर्माको पार्टीमा गएका मान्छेहरूले केही पद वा कुर्ची प्राप्त गर्नका लागि गएका हुन् । त्यसले त्यति ठूलो अर्थ राख्दैन । अवसरवादीहरू जाने आउने भइ नै रहन्छ । माओवादी पार्टी झन बलियो भएर जनताको बीचमा गएको छ ।” 

महाधिवेशनमा सहभागीहरूका समान धारणा छन्, माओवादी पुनः बौरिएर आउँछ । उहाँहरूका भनाइ छ, “हामी त्यो विश्वासका साथ अगाडि बढेका छौँ, किनकी हामीले एजेण्डा छाडेका छैनौँ । जनतालाई विश्वास छ, माओवादी अझै भरोसायोग्य शक्ति हो भन्नेमा ।” नेता तथा कार्यकर्ताको यो विश्वास र भरोसालाई माओवादी नेतृत्वले समयमै सम्बोधन गरोस् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE