Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

प्रचण्डको दस्तावेजमाथि सामूहिक छलफल जारी, कुन समुहकाे छलफल कहाँ हुँदैछ ?

खबरडबली संवाददाता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल जारी छ । 
 
आइतबारदेखि सुरु भएको माओवादीको आठाँै राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको थियो । ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ । सो समूहले प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफल सुरु गरेको छ । सो समूहको समन्वयको जिम्मेवारीमा एनके प्रसाईं छन् । 
 
समूह २ र ३ मा पार्टीका सल्लाहकार रहेका छन् । सो समूहको  छलफल प्रज्ञा भवनको मुख्य मञ्चको दायाँबाँया हुँदैछ । सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ । समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधिले प्रज्ञा भवन भानुभक्त हलमा छलफल थालेका छन् । समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाएका छन् । 
 
समूह ६ र ७ मा  प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन् । यो छलफल प्रज्ञा भवनको पारिजात हलमा भइरहेको छ । सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाउनुभएको छ । समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिको प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल हुनेछ । सो समूहको संयोजन नेता चक्रपाणि खनालले गरिरहनुभएको छ । समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् । 
 
सो समूहको छलफल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ छन् । 
 
समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श सुरु गरेको छ । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त छन् । 
 
समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन् । सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्दैछ । संयोजकमा कर्णाली प्रदेश अध्यक्ष बिमला केसी हुनुहुन्छ । समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा भने खगराज भट्ट हुनुहुन्छ । समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् । 
 
सो समूहले क्वालिटी बैंक्वेट बुद्धनगरमा छलफल गर्नेछ । समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । समन्वय गर्ने जिम्मेवारीमा नेता जगत सिङ्खडा हुनुहुन्छ । 
 
समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन् । छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ । नेता कृष्ण अधिकारीले सो समूहको समन्वय गरेका छन् । 
 
समूह २२ र २३  मा बागमती प्रदेशका प्रतिनिधि छन् । छलफलको स्थान भने काठमाडौँ बैंक्वेट थापागाउँमा सुरु भएको छ । सो समूहको समन्वय प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले गर्नुभएको छ । समूह २४ मा आयोगका सदस्यहरू छन् । सो समूहले पनि काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु भएको छ । सो समूहको समन्वय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ गरिरहनुभएको छ । 
समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि सहभागी छन् । सो समूहले काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु गरेको छ । सो समूहको समन्वय नेत्री अमृता थापा मगरले गर्नुभएको छ । 
 
माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।
 
समूहगत छलफलका लागि केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागमा पुगेका छन् । मङ्गलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा समूह प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy