Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

बिष्णुमति खोलाको किनारमा ४ पेस्तोल र ५८ राउण्ड गोली फेला

खबरडबली संवाददाता

काठमाडौं । बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल, ५८ राउण्ड गोली र सात थान म्यागजिन बरामद गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापा का अनुसार काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित खोला किनारमा उक्त हतियार फेला परेको हो।

बरामद भएका पेस्तोल टाइप–५४ रहेको प्रहरीले जनाएको छ। सोही पेस्तोलमा प्रयोग हुने सात थान म्यागजिन समेत भेटिएको छ। साथै ९ एमएम बेरेटा पेस्तोलका ५८ राउण्ड गोली बरामद गरिएको छ।

महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले आइतबार बिहान सफा गर्ने क्रममा हतियार फेला पारेको हो। विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद हतियार ‘जेनजी आन्दोलन’ का क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिमकोट-नेपालगन्जको हवाई भाडा २३ प्रतिशत भन्दाबढी वृद्धि

हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ ।  हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...

कोइराला समूहद्वारा देउवा पक्षको बैठक बहिष्कार

काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...

सुकुम्वासी उठिबासप्रति नेकपाको आपत्ति, पुनर्वासको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेक...

सञ्चार क्षेत्र मर्यादित र जिम्मेवार बन्नुपर्छ :मन्त्री तिमिल्सिना

नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर...

लेकसाइडमा प्रहरीलाई दुख दिने १६ महिला पक्राउ

कास्की। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुख दिने १६ महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी ...

बिष्णुमति खोलाको किनारमा ४ पेस्तोल र ५८ राउण्ड गोली फेला

काठमाडौं । बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल, ५८ राउण्ड गोली र सात थान म्यागजिन बरामद गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश था...

एक सयभन्दा बढी सामानमा भन्सार, सीमावर्ती क्षेत्रका सर्वसाधारण मारमा

पश्चिम नवलपरासी। नेपाल-भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछी सीमावर्ती क...

हुलाकमार्फत घरमै पुग्छ अब राहदानी र लाइसेन्स कार्ड

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्‍याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्‍याउने योजना कार्यान्वयन ...

ठमेलबाट पक्राउ परेका युगान्डाका महिलाहरू डिपोर्ट

काठमाडौँ  । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक र ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending