Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ : गृहमन्त्री खाँण

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको  सुरक्षा गर्नु सबैको दायित्व भएको बताएका छन्। गृहमन्त्रालयमा आज भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा उहाँले सबै नागरिकमा एक दिनमात्र होइन, हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गरे।  गृहमन्त्री खाँणले भने, “भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ स्थानमा पर्छ, पछिल्लो भूकम्पले सबैलाई सजग तुल्याएको छ, ठूलो जनधनको क्षति भयो । भूकम्पपछिको पुनःनिर्माणका काम अझै भइरहेका छन् ।”

सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह माघ २ गते ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ । भूकम्पबाट जनधनको क्षति कम गर्न जारी भएको पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरिनुपर्नेमा जोड दिँदै उनले दिवसलाई औपचारिकतामा सीमित नतुल्याई नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न सक्नुपर्छ भने ।

विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । बैठकले २४ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउन नागरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र समुदायलाई आह्वान गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला

सुदूरपश्चिम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। ...

तस्बिरमा हेर्नुहोस जनकपुरले एनपीएल उपाधि उचालेपछिको रौनक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचाले...

दीपेन्द्रसिंह ऐरीलेले पाए कार पुरस्कार, ललित राजवंशीले मोटरसाइल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को सवोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र...

प्रधानमन्त्री ओलीले दिए जनकपुर बोल्टसलाई बधाई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । त्रिभुवन विश्वबिधालयमा आज सम्...

एनपीएलमा लाहिरुले बनाए रनमा कीर्तिमान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रन बनाउने खेलाडी जनकपुरका लाहिरु मिलन्था बनेका छन्। सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै ...

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भए...

कांग्रेस नेता महरलाई नेपाल जेसीजको मानार्थ सदस्यता प्रदान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजि...

जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधि, सुदुरपश्चिम उपबिजेता

काठमाडौं। जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधि हासिल गरे...

पावर प्लेमा जनकपुरको जादु

काठमाडौं। जनकपर बोल्ट्सका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गर्न सफल छन् । नेपाल प्रिमियर लिगकन्ह जारी फाईनल खेलमा मिलन्थाको अर्धशतकसँगै जनकपुरल...

प्रधानमन्त्री ओलीद्वारा नेपाल जेसिजको महाधिवेशन समुद्घाटन

इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गरेको छन । युवावर्गको नेतृत्व र व्यक्तित्व व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy