नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव प्रस्तुत गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको बुधवार सुरु भएको नगरसभाको १९ औं अधिवेसनमा नगरसभाका अध्यक्ष तथा उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको अनुमानित आयव्ययसँगै नीति तथा कार्यक्रम प्रस्तुत गरे।
सो बजेटमा उपमहानगरपालिकालाई सङ्घीय सरकारबाट शसर्त अनुदान ६८ करोड, ६२ लाख, वित्तीय समानीकरण अन्तर्गत २७ करोड २८ लाख, राजस्व बाँडफाँटबाट १८ करोड, घर जग्गा रजिष्ट्रेशनबाट १४ करोड, आन्तरिक आय २५ करोड प्राप्त हुने जनाइएको छ ।
यसैगरी विशेष अनुदान दुई करोड ६९ लाख, समपुरक अनुदान प्रदेश र संघ गरेर दुई करोड ३ लाख रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ९३ लाख ५२ हजार, राजस्व बाँडफाँट दुई करोड १५ लाख, शसर्त अनुदान तीन करोड १४ लाख र बित्तीय समानीकरण एक करोड ९३ लाख रुपियाँ प्राप्त हुने प्रमुख बिष्टले बताए।
यसैगरी, जनसहभागिताबाट २५ लाख, आन्तरिक आय २५ करोड, आन्तरिक आय मौज्दात १० करोड, मनोरञ्जन कर ५० लाख र बिज्ञापन कर तीन लाख रहने अनुमान गरिएको छ ।
बजेट प्रस्तुत गर्नुअघि नगरसभामा नगर प्रमुख विष्टले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरे। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले उपमहानगरपालिकाले एक वर्षमा गर्ने विभिन्न नीतिगत कार्यहरु प्रस्तुत गरे।
उनले विकासको परम्परागत ढाँचाभन्दामाथि उठेर प्रविधिमैत्री, समावेशी, उत्तरदायी र मानवीय सहर निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत गरे। अधिवेसनमा नगरसभाका सदस्यहरु, वडा अध्यक्षहरु तथा उपमहानगरपालिकाका कार्यकारी प्रमुख मानबहादुर बम लगायतको सहभागिता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: