काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।
अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको आवेदनलाई रद्द गर्दै पुनः दोस्रो सूचना प्रकाशन गरिएको हो ।
बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेपछि लामो समयदेखि बोर्ड अध्यक्षविहीन रहेको छ । रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भन्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र ९पुस २९ गतेसम्म० आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
१५ दिनभित्र इच्छुक आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् । अध्यक्ष पदका लागि आवेदन दिन धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको र धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ ।
यस्तै, आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको समेत हुनुपर्ने सूचनामा उल्लेख छ ।
यसअघिको आवेदन रद्ध
बोर्डमा अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले गत कात्तिक ११ गते जारी गरिएको आवेदन रद्ध गरिएको जनाएकोे छ । सूचना अनुसार यसअघि आवेदन दर्ता गरेका आवेदकले पुनःअध्यक्ष पदका लागि आवेदन दर्ता गराउनुपर्नेछ ।
यसअघि ११ जनाले अध्यक्ष पदका लागि आवेदन दर्ता गराएका थिए । जसमा बोर्डका कार्यकारी निर्देशन निरग गिरी र उपकार्यकारी निर्देशक डा नवराज अधिकारीले समेत आवेदन बुझाउनुभएको थियो । यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा गोपाल भट्ट, कर्मचारी सञ्चयकोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेप्सेका पूर्वसीईओ सीताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागार्इंले पनि बोर्डको अध्यक्षका लागि आवेदन पेश गर्नुभएको थियो ।
त्यसैगरी, डा केशवप्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अमगाई र कृष्ण आचार्यले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिनुभएको बोर्डले जनाएको छ । सूचना अनुसार यसअघि आवेदन दिएका आवेदकले दोस्रो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन फिर्ता लिन सक्नेछन् । सो पदको आवेदनका लागि रु तीन हजार शुल्क तोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १७:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...
आषाढ़ १० गते, २०८३ - १७:३८
काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...
आषाढ़ १० गते, २०८३ - १७:१२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...
आषाढ़ १० गते, २०८३ - १६:५४
विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...
आषाढ़ १० गते, २०८३ - १६:३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...
आषाढ़ १० गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...
आषाढ़ १० गते, २०८३ - १५:२७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...
आषाढ़ १० गते, २०८३ - १५:१७
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...



प्रतिकृया लेख्नुहोस्: