Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

पाँच महिनामा ८४४ हिंसाका घटना, सबैभन्दा बढी ५६ प्रतिशत घरेलु हिंसा

खबरडबली संवाददाता

पाँच महिनामा ८४४ हिंसाका घटना, सबैभन्दा बढी ५६ प्रतिशत घरेलु हिंसा
काठमाडौं । पछिल्लो पाँच महिनामा ८४४ महिला तथा बालिका हिंसाका घटनाबाट पीडित भएका छन् । महिला पुनःस्थापना केन्द्र ९ओरेक०ले संस्थामा आएका र मिडियामा आएको घटनाका आधारमा सबैभन्दा बढी ५६ प्रतिशत घरेलु हिंसा भएको पाइएको हो । 

सो अवधिमा ४७५ घरेलु हिंसाका घटना भएको थियो । १५२ बलात्कार, ७५ सामाजिक हिंसा र ५३ हत्याको घटना भएको थियो । यही अवधिमा ३७ यौन दुव्र्यवहार, सात अलपत्र अवस्थामा फेला परेको, सात साइबर अपराध र ११ बलात्कारको प्रयास भएको थियो ।

घरेलु हिंसाका घटनामध्ये पनि २१६ घटनामा खान लाउन नदिइएको, १३७ शारीरिक हिंसा र १२२ मानसिक हिंसा रहेको छ । तथ्याङ्कको विश्लेषण गर्दा प्रभावित महिलामध्ये ३६५ श्रीमान्, ११९ परिवारका अरु सदस्य रहेकाले सबैभन्दा बढी महिला परिवारभित्रै असुरक्षित रहेको संस्थाले जनाएको छ । प्रभावितहरूको उमेरका आधारमा हेर्दा सबैभन्दा बढी २०९ जना २६ देखि ३५ वर्षसम्म उमेर समूहका महिला प्रभावित भएको पाइएको छ । १७ वर्षदेखि २५ वर्षसम्ममा १४७ जना पीडित, ३६ वर्षदेखि ४५ वर्षसम्मको उमेर समूहमा ६९ जना प्रभावित पाइएको छ ।

घरेलु हिंसामा आरोपितमध्ये सबैभन्दा बढी २६ वर्षदेखि ३५ वर्षसम्म उमेर समूह रहेको पाइएको छ । यो उमेर समूहका २०९, १७ देखि २५ वर्षसम्म उमेर समूहका १४७ तथा ३६ वर्षदेखि ४५ वर्षसम्म ६९ जना महिला पीडित भएका छन् । हिंसाका घटनामा आरोपितमध्ये सबैभन्दा २६ देखि ३५ वर्षसम्मको उमेर समूहका १५८ जना रहेका छन् ।

महिलाहरू सबैभन्दा बढी घरभित्रै असुरक्षित रहेको तथ्याङ्कले देखाएको संस्थाले जनाएको छ । हिंसाका घटनामा पीडित र प्रभावित दुवै युवा छन् । यसले देश विकासमा बाधा पुगेको भन्दै हिंसा अन्त्यका लागि त्यसको कारणको खोजी गर्दै समाधानको उपायसहित अघि बढ्न भनिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending