Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छः अध्यक्ष नेपाल

खबरडबली संवाददाता

तनहुँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताए। 

“इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन्”, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, “हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।”

अध्यक्ष नेपालले गोरखा, लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गर्दै भने, “तीनवटै जिल्लाको एकीकृत विकासका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।” अध्यक्ष नेपालले समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको बताए।

न्याय, समानता, विकास र समृद्धिको बाटोमा अगाडि बढेर सबैले सम्मान गर्ने वातावरण सिर्जना गर्ने वातावरण बनाउने बताउँदै उनले भने, “गरिबी, अभाव, पछौटेपन अन्त्य, बेरोजगारी अन्त्य, कृषिको विकास, किसानको जीवनस्तर सुधारेर देशलाई अगाडि बढाउने सङ्कल्प लिएका छौँ ।”

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरे । एकीकृत समाजवादीका लागि जनता ठूलो भएकाले जनतालाई शिरमा राखेर काम गर्ने मन्त्री श्रेष्ठले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending