नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पियेरीमा काम गर्ने २९१ एमएसएफ सहकर्मी मध्ये २६ जना हिंसाका कारण बेपत्ता रहेको पुष्टि गर्दै चरम असुरक्षाको बिचमा उनीहरूसँग सम्पर्क गुमाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमएसएफले जोङ्लेई राज्यका लन्किएन र पियेरीमा चिकित्सा सेवा स्थगित गरेको छ, जहाँ डिसेम्बर देखि सरकार र विपक्षी सेना बिच ठूलो झडप भएको छ । लन्किएनमा रहेको एमएसएफ सुविधा फेब्रुअरी-३ मा सरकारी हवाई आक्रमणबाट प्रभावित भएको जनाइएको छ ।
धेरै कर्मचारी आफ्नो परिवारसँगै भाग्न बाध्य भई विस्थापित भएर खाना, पानीलगायतका आधारभूत सेवामा पहुँच नभएका दुर्गम क्षेत्रमा शरण लिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विश्वको सबै भन्दा कान्छो देश दक्षिण सुडान सन् २०११ मा गठन भएदेखि नै गृहयुद्ध, गरिबी र ठूलो भ्रष्टाचारले ग्रस्त छ ।
संयुक्त राष्ट्र सङ्घले राष्ट्रपति साल्वा किर र उनका लामो समयका प्रतिद्वन्द्वी रीक मचारबिचको शक्ति बाँडफाँड सम्झौता गत वर्ष बिग्रँदै जाँदा “पूर्ण गृहयुद्ध” मा फर्कने चेतावनी दिएको छ । यसै बिच संयुक्त राष्ट्र संघले आइतबार सुडानको सीमा नजिकै अबीम्नोममा बढ्दो हिंसाका कारण दर्जनौँ नागरिक तथा स्थानीय अधिकारीको मृत्यु भएको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...
बैशाख १ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...
बैशाख १ गते, २०८३ - १६:०४
काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...
बैशाख १ गते, २०८३ - १४:००
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...
बैशाख १ गते, २०८३ - १३:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...
बैशाख १ गते, २०८३ - १३:५०
लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...
बैशाख १ गते, २०८३ - १३:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...
बैशाख १ गते, २०८३ - १२:३९
काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...


प्रतिकृया लेख्नुहोस्: