Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

२८ हप्तामै जुम्ल्याहा बच्चालाई जन्म दिईन् सिमाले, स्वस्थ्य भई घर फिर्ता

खबरडबली संवाददाता
विराटनगर । अत्यधिक पीडा भएर प्रसूतिका लागि गत मङ्सिर २० गते विराटनगरको गोल्डेन अस्पतालमा भर्ना भएकी मोरङ सुनवर्षी नगरपालिकाका सीमा बस्नेतलाई कम तौलको जुम्ल्याहा बच्चा जन्मिएको थियो । समय नै नपुगी कम तौल भएर जन्मिएका जुम्ल्याहा बच्चा चिकित्सकको अथक प्रयास र अस्पतालको राम्रो रेखदेख पाएर स्वस्थ्य भएर घर फर्केका छन् । 
 
“बस्नेतले नर्मल तरिकाले जुम्ल्याहा बच्चा जन्माइन् । दुबै बच्चाको तौल असमान्य थियो । एकको तौल ९०० ग्राम र अर्कोको तौल ७०० ग्राम थियो । यस्तो अवस्थाका बच्चालाई बचाउन निकै चुनौती हुन्छ”, बाल रोग विशेषज्ञ डा सतिश यादवले भन्नुभयो, “तर अस्पतालका चिकित्सकको अथक प्रयासले बच्चा बचाउन सफल मात्र होइन, बच्चाको तौल पनि बढाउन सफल भयो ।” पहिलो ९०० ग्रामको बच्चा एक किलो १०० ग्राम र आफ्नै मुखले दूध खान थालेपछि उनलाई १० दिनपछि आमासँगै घर पठाइएको उहाँको भनाइ छ । अर्को ७०० ग्राम तौलको बच्चालाई अस्पतालले सघन उपचार कक्षामा राखेर उपचार गरिरहेको बच्चाको उपचारमा सलग्न बाल रोग विशेषज्ञ डा यादवले जानकारी दिए । 
 
उनलेभने, “ती बच्चामा स्वासप्रस्वाश, मुटु र मिर्गौलाको समस्या देखियो तर उपचार गर्दै जाँदा बच्चा पूर्णरुपमा स्वस्थ्य भए । अहिले बच्चाको तौल ९०० ग्राम पुगेको छ र स्वस्थ्य पनि छ, त्यसैले आज घर पठाउने सल्लाह गरिरहेको छु ।” 
 
उनले अस्पतालकै जस्तो सेवा र सुविधा घरमा पक्कै पनि नहोला तर बच्चा र आमा दुबै स्वस्थ्य भएकाले कुनै समस्या नआउने बताइन् । केही समस्या देखिएमा तुरुन्तै अस्पताल आउन सुझाव दिएको आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए।
 
“अस्पतालमा प्रसूति गराउँदा बस्नेतलाई रु छ लाख ५० हजार खर्च भएको र तीमध्ये उनले रु तीन लाख मात्र खर्च व्यहोरेको छ”, अस्पताल सञ्चालक समितिका सदस्य सदानन्द मण्डलले भने, “बाँकी रकम अस्पतालले मिनाहा गरेको छ ।” उनले बच्चाको हजुरआमा मीरा बस्नेतलाई अस्पतालले जिम्मा लगाउने तयारी गरिरहेको जानकारी दिए । हजुरआमा बस्नेतले समय नपुगी जन्मिएको बच्चा र आमा दुबैलाई अथक प्रयास गरेर जिवन दिएकोमा अस्पताललाई धन्यवाद दिदैं खुशी व्यक्त गरिन् ।
 
सो अस्पतालमा पहिलो पटक मिर्गौलाको डाइलोसिस भएको थियो भने अहिले न्यूरो सर्जरीसम्म हुने भएकाले यसक्षेत्रका मानिसलाई निकै सहुलियत र सहज भएको अस्पताल प्रशासनले जनाएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्रीलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार सिंहदरबार मा सञ्च...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सू...

बजारमा केरा हाहाकार, अवैध आयात रोकिएपछि मूल्य वृद्धि

काठमाडौँ। नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्च...

राष्ट्रिय प्राथमिकता र बजेटबारे सरोकारवाला निकायसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी कार्यदिशा, राष्ट्रिय प्राथमिकता र बजेट व्यवस्थापनका विषयमा अर्थ मन्त्रालयसहित राज्यका प्रमुख नीत...

राष्ट्रिय प्राथमिकता र बजेटबारे सरोकारवाला निकायसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी कार्यदिशा, राष्ट्रिय प्राथमिकता र बजेट व्यवस्थापनका विषयमा अर्थ मन्त्रालयसहित राज्यका प्रमुख नीत...

सप्तरीका एसपी गौतम केसीमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन गर्न समिति गठन गरिएको छ। मधेश प्रदेश प्रहरी कार्य...

अडियो प्रकरणमा धनुषाको वरिष्ठ सई सागरशम्सेर जबरालाई निलम्बन गर्ने प्रक्रियामा सुरु

काठमाडौं । अडियो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरा लाई निलम्बन गर्ने प्रक्रिया अ...

वरिष्ठ न्युरोसर्जन डा.दिनेश नाथ गंगोलको निधन

काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोल को निधन भएको छ। ९२ वर्षीय गंगोलको मंगलबार बिहान क...

चौबिस घण्टामा ट्राफिक प्रहरीले गर्याे तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौँ उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म मादक पदार्थ ...

आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानम...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending