काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि रू १२ अर्ब ७१ करोड थप गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा वृद्धि भएकाले चालु आवमा मल खरिदका लागि नियमित बजेटमा विनियोजित रू १५ अर्बका अतिरिक्त रू १२ अर्ब ७१ करोड थप गरिएको हो ।
कृषि तथा पशुपक्षी मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागीयमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको उत्पादनमा कमी आएकाले मूल्य वृद्धि भएको बताए । उनले १२ हजार ५०० मेट्रिक टन मल मौज्दात रहेको भए पनि आगामी दिनमा हुने मलको चाप धान्न सक्ने अवस्था नरहेको जानकारी दिए।
उनले आगामी तीन महिनासम्म ७५ हजार मेट्रिक टन मल आवश्यक पर्ने देखिएको उल्लेख गरे । मन्त्री यादवले खरिदका लागि टेण्डर भइसकेको एक लाख ५० हजार मेट्रिक टन अन्तर्राष्ट्रिय बजारमा देखिएको विषम परिस्थितिले आयात हुन नसकेकाले अभाव भएको भए पनि त्यो परिमाण आउने प्रक्रियामा रहेको बताए ।
कृषि सचिव डा गोविन्दप्रसाद शर्माले मलको समस्या निराकरणका लागि मन्त्रालयबाट प्रयास भइरहेको उल्लेख गर्दै आगामी दिनमा मलको सहज व्यवस्थापन तथा आपूर्तिमा प्रदेश र स्थानीय तहसमेतलाई व्यवस्थित बनाइने जानकारी दिए । अर्का सचिव निरु दाहालले उखुको मूल्य निर्धारणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट यही पुस १४ गते सिफारिस गरी पठाइएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १९:१०
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...
फाल्गुन १९ गते, २०८२ - १९:०२
काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...
फाल्गुन १९ गते, २०८२ - १८:५४
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...
फाल्गुन १८ गते, २०८२ - १७:१७
दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...
फाल्गुन १८ गते, २०८२ - १७:००
काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...
फाल्गुन १८ गते, २०८२ - १६:५३
भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...
फाल्गुन १८ गते, २०८२ - १६:४४
महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...
फाल्गुन १८ गते, २०८२ - १६:३९
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्यालीमार...
फाल्गुन १८ गते, २०८२ - १६:०४
बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको ...



प्रतिकृया लेख्नुहोस्: