काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रप्रसाद यादवले रासायनिक मल उद्योग स्थापनाका लागि सरकारले अध्ययन गरिरहेको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उनले मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका लागि रु एक खर्ब २५ अर्ब लागत अनुमान गरिएको जानकारी दिए ।
मन्त्री यादवले भने, “सरकारले वा विदेशीले उद्योग स्थापना गरेमा यहाँ उत्पादन भएको मलखादको बजारको सुनिश्चिता हुनुपर्छ, मुलुकलाई १० देखि १२ लाख मेट्रिक टन मल चाहिन्छ । मल ग्यासबाटै उत्पादन हुन्छ, सरकारले पाइपबाट ग्यासको सुनिश्चिता गर्नुपर्छ ।”
केही समयअघि थाइल्यान्डबाट आएका एउटा कम्पनीका प्रतिनिधिले दुई लाख मेट्रिक टन मल उत्पादन गर्ने उद्योग मुलुकका प्रत्येक प्रदेशमा स्थापना गरे लागत र ढुवानी खर्च पनि कम हुने मन्त्री यादवले उल्लेख गरे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै अहिले रासायनिक मलको अभाव रहेको तथा सरकारले किसानलाई मल प्रतिकिलो रु ९९ मा अनुदान उपलब्ध जानकारी दिइयो । प्रतिकिलो रु ११५ मा खरिद गरेको मल किसानलाई रु १६ मा उपलब्ध हुँदै आएको छ ।
तत्कालका लागि चार लाख मेट्रिक टन मल खरिद गर्नुपर्ने भए पनि अर्थ मन्त्रालयबाट सुनिश्चितता प्राप्त रु १५ अर्बले दुई लाख मेट्रिक टन मात्र खरिद गर्न सकिने मन्त्री यादवले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा अत्यधिक मूल्य वृद्धिका कारणले सरकारले छुट्याएको बजेटले कृषकलाई मलको अभाव नटार्ने उल्लेख गर्दै मन्त्री यादवले मुलुकको आवश्यकता धान्न बजार भाउका आधारमा त्यसका लागि कम्तीमा पनि रु ६५ अर्ब आवश्यकता रहेको जानकारी दिए ।
मल सहजरुपमा खरिदका लागि सार्वजनिक खरिद ऐनमा सरलीकरणको खाँचो औँल्याइएको छ । मन्त्रालयले मल खरिद सरकार–सरकारबीचका आधारमा गर्ने विभिन्न प्रयास र प्रयत्न गरिरहेको छ । सरकारसँग पैसा भए पनि मल खाद पाइरहेको अवस्था छैन । डेढ लाख टन सरकारले खरिद गरिरहेको मल चीनबाट अझै आउन सकेको छैन । यसबीचमा चीनबाट आयात गरिएको १० हजार मेट्रिक टन मल तातोपानीमा रहेकामा हालसम्म एक हजार ४०० मेट्रिक टन मात्र ल्याइएको छ ।
चीनमा रोकिएको मल आएको खण्डमा तत्कालको समस्या टर्ने मन्त्रालयले जनाएको छ । आन्तरिक खपत अपुग भएको जनाउँदै विश्वका धेरै देशले रासायनिक मल निर्यातमा रोक लगाएका छन् । स्वदेशमै उत्पादित प्राङ्गारिक मलको प्रयोग र उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारसँग सहकार्यको प्रयास भइरहेको छ । मलको समस्या समाधान र सरलीकरण गर्न सरकार गम्भीर भएर लागिपरेको मन्त्री यादवले समितिलाई जानकारी गराए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: