काठमाडौं । वाग्मतीको मुहानस्थलबाट पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले अध्ययन सुरु भएको छ ।
वाग्मती नदीको सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको भागमा ढल मिसिएका स्थानको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्त रुपमा अध्ययन सुरु गरेको हो । ढल मिसिएका दुई दर्जनस्थानको पानीको गुणस्तर परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा ढल मिसिएको ८० देखि १०० मिटरसम्म पानी बिग्रिएको र त्यसपछि बहने क्रममा गुणस्तर शुद्ध भएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । वाग्मतीको मुहान क्षेत्रकै पानीमा धमिलोपन बढी देखिएको अध्ययन कार्यदलले जनाएको छ ।
“मुहान क्षेत्रको गोकर्णमाथि नै चारवटा वासिङ सेन्टर र क्रसरसमेत सञ्चालनमा रहेछन्, ती कम्पनीलाई पनि पत्राचार गरिएको छ, ढल व्यवस्थापन गरेर स्वच्छ पानी बगाउनुपर्छ, गलैँचा एवं विभिन्न उद्योगबाट फोहर पानी आउनेक्रम पनि नरोकिएको भेटिएकाले उद्योग मन्त्रालयसँग समन्वय गरेर कदम चाल्नेछौँ”, उनलेृ ।
उत्तरवाहिनी क्षेत्रमा गाई फार्मबाट आएको फोहरले पनि वाग्मती प्रदूषित भएको अध्ययन कार्यदलले फेला पारेको छ । कुकुरलगायत मृत जनावर पनि नदीमा भेटिएको समितिले जनाएको छ । नदी किनारमा कानुन विपरीत काम गर्नेलाई दण्डजरिवाना गर्नेयारी पनि समितिले गरेको छ । पशुपति क्षेत्रसम्मको पानीको गुणस्तर सुधार गर्न ढल हालिएका स्थानको अध्ययन गरिएको हो ।
पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले २७ वर्षअघि अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरिएको थियो । अध्ययन र पानीको गुणस्तर परीक्षणलाई मनोहरा नदी दोभानसम्म लैजान तयारी भएको छ । मुहान क्षेत्रकै वाग्मती प्रदूषित हुन थालेपछि गोकर्णमा प्रशोधन केन्द्र निर्माणका लागि ठेक्कासमेत भएको छ । गोकर्णमा वाग्मती, सूर्यमती र चन्द्रमतीको पानी प्रशोधन गरिने छ ।
वाग्मती सफाइ अभियानकर्मी ईश्वर पुडासैनीले ज्यालादारीमा सफाइ गरेर वाग्मतीमा स्वच्छ पानी बगाउन नसकिने बताउनुभयो । स्वयंसेवी अभियानलाई नै निरन्तरता दिनुपर्नेमा अधिकार सम्पन्न वाग्मतीले कार्यकर्ता भर्ती गरेर सफाइ अभियानलाई बदनाम गर्न खोजेको उहाँको आरोप छ ।
मुहान क्षेत्रकै गुह्येश्वरीमाथिको वाग्मतीमा फोहर थुपार्ने र जलाउने काम भइरहेकामा स्थानीय सरकार र अधिकार सम्पन्न वाग्मती चुप लाग्ने गरेको स्थानीयवासीको गुनासो छ । सरकारी निकायले नै वाग्मती र यसका सहायक नदी ढल हाल्दा पनि अधिकार सम्पन्न वाग्मतीले पत्राचारसमेत नगरेकामा अभियानकर्मी पुडासैनीले दुःख व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: