खोटाङ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा आयोजना गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा पाँच हजार ८४६ नयाँ मतदाता थपिएका छन् । गत मङ्सिर–१७ गतेदेखि २६ गतेसम्म र मङ्सिर–२९ गतेदेखि पुस–९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा दुई हजार ९६३ महिला र दुई हजार ८८३ पुरुष मतदाताको नाम दर्ता भएको हो ।
पहिलो चरणमा एक हजार ३०९ पुरुष र एक हजार ४३ जना महिला गरी दुई हजार ३५२ नयाँ मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले जानकारी दिए । दोस्रो चरणमा महिला एक हजार ९२० जना र पुरुष एक हजार ५७४ गरी ३ हजार ४९४ नयाँ मतदाता थपिएका छन् । अभियानका क्रममा अन्य जिल्लाका सात जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणमा चारजना र दोस्रो चरणमा तीनले मतदाता नामावली दर्ता गराएका हुन् ।
पहिलो चरणमा केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको केन्द्रमा पुगेर फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । दोस्रो चरणमा ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलनको गरिएको हो ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लाका अधिकांश स्थानीय बासिन्दा स्वतःस्फूर्त रूपमा फोटोसहितको मतदाता नामावली सङ्कलनमा जुटेका छन् । जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरोकारवाला निकायलगायत फोटोसहितको मतदाता नामावली दर्ता गराउन आह्वान गरेका छन् ।
फोटोसहितको मतदाता नामावली दर्ता गराउन जिल्लाका कतिपय नेताले स्थानीय बासिन्दालाई गाडी नै रिजर्भ गरेर जिल्ला प्रशासन तथा निर्वाचन कार्यालयमा ल्याउने क्रम जारी छ । नेताले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जीत हात पार्न कार्यकर्ता तथा स्थानीय बासिन्दालाई अहिलेदेखि नै संरक्षण गर्न थालेका छन् ।
एउटा पार्टीका नेताले एउटा गाउँको स्थानीय बासिन्दालाई गाडीमा लगेर गएको थाहा पाएपछि अर्का नेताले अर्को गाउँका स्थानीय बासिन्दालाई गाडीमै लगेर मतदाता नामावली दर्ता गराउने होडबाजी नै चलेको छ । नेताहरुको सक्रियताले आगामी निर्वाचनमा मतदाताको सङ्ख्या बढ्ने आकलन गरिएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०७४ को निर्वाचनमा एक लाख १८ हजार ३६ जना मतदाता रहेका थिए । गत जेठसम्मको तथ्याङ्कअनुसार पछिल्लो चार वर्षको अवधिमा बढेर एक लाख ३४ हजार ९६ जना पुगेको र त्यस यताको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा एवं सूचना अधिकारी राईले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐनअनुसार २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठमा सकिँदै छ । जिल्लाका कतिपय नेताले निर्वाचन मिति घोषणा नै नभई उम्मेदवारी घोषणा गर्न थालेका छन् । निर्वाचन मिति नजिकिएसँगै जिल्लाका युवापुस्तामा राजनीतिक चासो बढेको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १०:४५
चितवन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत जारी निर्वाचनमा बिहीबार बिहान ९:३० बजेसम्म २,५०० प्रतिनिधिले मतदान गरेका छन...
आषाढ़ ११ गते, २०८३ - १०:३२
महोत्तरी। मधेश प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्मा संलग्न रहेको थमन विक हत्या प्रकरणसम्बन्धी मुद्दाको उच्च अदालत जनकपुरमा तोकिएको ४९औँ पेशी पनि स्...
आषाढ़ १० गते, २०८३ - १७:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...
आषाढ़ १० गते, २०८३ - १७:३८
काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...
आषाढ़ १० गते, २०८३ - १७:१२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...
आषाढ़ १० गते, २०८३ - १६:५४
विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...
आषाढ़ १० गते, २०८३ - १६:३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...
आषाढ़ १० गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...



प्रतिकृया लेख्नुहोस्: