लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताएका थिए । आज लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि यहाँ पुगेका मन्त्री आलेले भगवान् गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएको र यहाँको विकासका लागि आफू सधैँ सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने बताए।
उनले भने, “शान्तिका दूत भगवान् गौतमबुद्ध जन्मिएको र उनकै नामबाट देश–विदेशमा चिनिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन, यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनुहोला, म यही कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गर्नु मेरो दायित्व हुने छ ।”
लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाको काम समयमै सम्पन्न गरिसक्नसमेत मन्त्री आलेले निर्माण व्यवसायीसँग आग्रह गरे । लुम्बिनी क्षेत्रमा निर्माण भएका काम गुणस्तरयुक्त हुनुपर्ने मन्त्री आलेको भनाइ थियो ।
सोही अवसरमा मन्त्री आलेले लुम्बिनीमा निर्माण गरिन लागिएका सम्पूर्ण संरचना गुणस्तरयुक्त तथा मापदण्डसहित निर्माण गर्न र गराउनका लागि सबै क्षेत्र, तह, तप्काका नागरिकले चासो देखाउनुपर्ने धारणा राखे । साथै उनले लुम्बिनी विकास कोषअन्तर्गत रहेको एक हजार १५५ बिघा जमिनमा थुप्रै भौतिक संरचना निर्माण भइसकेका र हामीले कम्तीमा पनि ८१ प्रतिशत काम सम्पन्न गरिसकेका छौं । बाँकी रहेको १९ प्रतिशत काम चाँडो बोलपत्र प्रक्रियाबाट काम सुरु गराउन समेत लुम्बिनीको विकास कोषका पदाधिकारीलाई निर्देशन दिए।
मन्त्री आलेले लुम्बिनीमा निर्माण हुँदै गरेको पाँच हजार मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभाहलको गुरुयोजनाअनुसार मूल प्रवेशद्वारमा निर्माण गरिन लागेको गेट तथा सडकको शिलान्याससमेत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: