Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

ओली र विद्या मिलेर दुई–दुई पटक सदनमाथि आक्रमण गरियोः पूर्वराष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले जनताको प्रतिनिधिले बनाएको संविधानमाथि पछिल्ला चार वर्षमा बारम्बार आक्रमण भइरहेको बताएका छन् । आज यहाँ आयोजित कार्यक्रममा चन्द्रदेव जोशीद्वारा लिखित ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ पुस्तकको विमोचन गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिमूलक संस्था संसद् विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरेको बताए । “राष्ट्रपति र प्रधानमन्त्री मिलेर दुई–दुई पटक संविधानलाई खत्तम गर्न खोजियो, सदनमाथि आक्रमण गरियो”, उनले भने ।

जनताको सङ्घर्षको बलमा जारी संविधानले खडा गरेका संस्थाले संविधानलाई जोगाउन पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँको गुनासो थियो । “यसलाई मजबुद बनाउनका साटो प्रहार गर्ने काम भयो”, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने ।

जिम्मेवार व्यक्तिबाट बारम्बार प्रहार गरिएको संविधान जोगाउन पाँच दल, नागरिक समाज, नेपाली जनता र अदालतले बचाएको बताए । पछिल्ला समय न्यायालयमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै उनले मुलुकमा सुखद् सङ्केत नदेखिएको बताए । “अदालतमा यो स्थिति छ, संसद्मा त्यो स्थिति छ, यो व्यवस्थालाई बचाएर लैजान राष्ट्रपतिको के कर्तव्य छ, सरकारको के दायित्व छ रु सरकारले राज्यको कार्यकारिणीको दायित्व छ, राजनीतिक दललाई एक ठाउँमा राखेर छलफल गरेर अदालतलाई कसरी चलाउने रु प्रतिनिधिसभालाई कसरी अगाडि लैजाने रु सम्पूर्ण समस्याको समाधान गर्ने थलोलाई बन्धक बनाएर राखिएको छ”, उनले भने ।

उनले वर्तमान राजनीतिक गतिरोधलाई अन्त्य गर्र्दै उन्नत समाज निर्माणमा सबैको प्रयास केन्द्रित हुनुपर्ने बताए। राजनीतिक दलहरूमा देखिएको विचलन र भ्रष्टीकरणले नेपाली जनता सन्तुष्ट नभएको उनको भनाइ थियो । लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नेपालमा राजनीतिक परिवर्तन भएको उनले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सरकारको निर्देशन

नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने

आयोग र प्रतिष्ठानलाई खारेज होइन, सुधार गरी सुदृढ बनाइनेछ: प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...

युएईले नेपाललाई दियो १२९ रनको चुनौती : सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राखौँ : शिक्षामन्त्री पोखरेल

उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...

तीन ऐन संशोधनका विधेयक संसद्मा पेश गर्न सरकारको स्वीकृति

काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई जना नियुक्त

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु (सुचीसहित)

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending