Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

ओली र विद्या मिलेर दुई–दुई पटक सदनमाथि आक्रमण गरियोः पूर्वराष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले जनताको प्रतिनिधिले बनाएको संविधानमाथि पछिल्ला चार वर्षमा बारम्बार आक्रमण भइरहेको बताएका छन् । आज यहाँ आयोजित कार्यक्रममा चन्द्रदेव जोशीद्वारा लिखित ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ पुस्तकको विमोचन गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिमूलक संस्था संसद् विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरेको बताए । “राष्ट्रपति र प्रधानमन्त्री मिलेर दुई–दुई पटक संविधानलाई खत्तम गर्न खोजियो, सदनमाथि आक्रमण गरियो”, उनले भने ।

जनताको सङ्घर्षको बलमा जारी संविधानले खडा गरेका संस्थाले संविधानलाई जोगाउन पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँको गुनासो थियो । “यसलाई मजबुद बनाउनका साटो प्रहार गर्ने काम भयो”, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने ।

जिम्मेवार व्यक्तिबाट बारम्बार प्रहार गरिएको संविधान जोगाउन पाँच दल, नागरिक समाज, नेपाली जनता र अदालतले बचाएको बताए । पछिल्ला समय न्यायालयमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै उनले मुलुकमा सुखद् सङ्केत नदेखिएको बताए । “अदालतमा यो स्थिति छ, संसद्मा त्यो स्थिति छ, यो व्यवस्थालाई बचाएर लैजान राष्ट्रपतिको के कर्तव्य छ, सरकारको के दायित्व छ रु सरकारले राज्यको कार्यकारिणीको दायित्व छ, राजनीतिक दललाई एक ठाउँमा राखेर छलफल गरेर अदालतलाई कसरी चलाउने रु प्रतिनिधिसभालाई कसरी अगाडि लैजाने रु सम्पूर्ण समस्याको समाधान गर्ने थलोलाई बन्धक बनाएर राखिएको छ”, उनले भने ।

उनले वर्तमान राजनीतिक गतिरोधलाई अन्त्य गर्र्दै उन्नत समाज निर्माणमा सबैको प्रयास केन्द्रित हुनुपर्ने बताए। राजनीतिक दलहरूमा देखिएको विचलन र भ्रष्टीकरणले नेपाली जनता सन्तुष्ट नभएको उनको भनाइ थियो । लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नेपालमा राजनीतिक परिवर्तन भएको उनले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त

बैङ्कक। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गरेको छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending