Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

विवेकशील साझाको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगित

खबरडबली संवाददाता
काठमाडौं । विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ देखि माघ १६ गतेसम्म गर्ने तय भएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ । झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र मिश्रसहित उच्च नेतृत्व सहभागी भई आमसभा र अन्तरक्रिया गर्ने अन्तिम तयारी भइसकेको अवस्थामा पछिल्ला दिनमा ह्वात्तै बढेको कोरोना भाइरस सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले यात्रा स्थगन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले आज जारी गरेको प्रेस विज्ञप्तिमा छ ।
 
पार्टीका कैयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सबै जना सङ्क्रमित हुनसक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, उपचारमा आइपर्ने ठूलो आर्थिक भार एवम् यात्राका क्रममा भेटिने सदस्य, शुभेच्छुक तथा आम नागरिकमा समेत सङ्क्रमण फैलन सक्ने जोखिमलाई गम्भीरतापूर्वक मनन गर्दै यात्रा स्थगित गरिएको बताइएको छ ।
 
निकट भविष्यमा अनुकूल समय पारेर मेची–महाकाली राष्ट्रिय एकता यात्रा  गरिने पार्टीले जनाएको छ । यात्रा स्थगित भए पनि पुस २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरसहित विभिन्न जिल्लामा  स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथमा मनाउने पार्टीले निर्णय गरेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतपेटिका सेनाले ओसार्दैन : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को निर्वाचनमा मतदान सम्पन्न भएपछि मतपेटिका एकीकृत सुरक्षा योजना अन्तर्गत मतदान अधिकृतको कार्यालयमै लग...

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनीधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन...

वीरगञ्जमा बमसहित उम्मेदवार चौधरी पक्राउ

वीरगञ्ज । पर्सा क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी...

घरेलु हतियार देखाइ प्रहरीलाई तर्साउने युवक पक्राउ

नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदानस्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोप...

सर्लाहीमा मतदातालाई बाँड्न बोकेको २५ हजारसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको हरिपुर्वामा मङ्गलबार राति २५ हजार रुपियाँ नगदसहित एक जना पक्राउ परेका छन् । चुनावको मौन अवधिमा मतदातालाई बाँड्न उक्त पैसा बोकेको ह...

सिरहा–३ का जसपा नेपाल उम्मेदवार यादव नगदसहित पक्राउ

सिरहा। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेको छन् । प्रतिनिधिसभा स...

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE