काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा महामन्त्री शर्माले अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसले प्रधानमन्त्री पाउने दाबी गरे।
कांग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने चिन्ता व्यक्त गरेका शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताए । विगतमा भएका निर्वाचनको समीक्षा गर्दै महामन्त्री शर्माले भने, “एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको कांग्रेसले देशको मुहार राम्रो ढङ्गले बदल्न सक्दैन तसर्थ यो बेला सङ्कल्प गर्नुपर्छ आगामी निर्वाचन हामीले जित्नै पर्छ ।”
नेपाली कांगे्रसका पूर्वमहामन्त्रीसमेत रहनुभएका कृष्णप्रसाद सिटौलाप्रति लक्षित गर्दै महामन्त्री शर्माले भने, “एकातर्फ कम्युनिष्ट आन्दोलनका नेता केपी शर्मा ओली उभिँदै गर्दा अर्कोतर्फ कृष्णप्रसाद सिटौला छन् । अबको निर्वाचनमा उनलाई उच्च मनोबलका साथ जिताउनै पर्छ ।” नेपाली कांग्रेसलाई जित्ने मात्रै सोच छैन देश चलाउनुपर्ने दायित्व रहेको बताउँदै एक कार्यकाल मात्रै होइन अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्ने बेला आएको शर्माको भनाइ छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, सांसद महेन्द्राकुमारी लिम्बू, पार्टीका केन्द्रीय सदस्य सुशीला ढकाल, प्रदेश नं १ का सभापति उद्धव थापा, राष्ट्रियसभाका उम्मेदवार गोपालकुमार बस्नेत, कांग्रेसका पुराना नेता पूणानन्द शर्मा लगायतले बोल्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - २०:३४
बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...
फाल्गुन १९ गते, २०८२ - २०:३०
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...
फाल्गुन १९ गते, २०८२ - २०:२६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...
फाल्गुन १९ गते, २०८२ - २०:२०
काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...
फाल्गुन १९ गते, २०८२ - १९:४६
भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...
फाल्गुन १९ गते, २०८२ - १९:२०
इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...
फाल्गुन १९ गते, २०८२ - १९:१०
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...
फाल्गुन १९ गते, २०८२ - १९:०२
काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...
फाल्गुन १९ गते, २०८२ - १८:५४
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...



प्रतिकृया लेख्नुहोस्: