Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

अबको निर्वाचनमा कांग्रेसकै बहुमतबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा महामन्त्री शर्माले अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसले प्रधानमन्त्री पाउने दाबी गरे।

कांग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने चिन्ता व्यक्त गरेका शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताए । विगतमा भएका निर्वाचनको समीक्षा गर्दै महामन्त्री शर्माले भने, “एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको कांग्रेसले देशको मुहार राम्रो ढङ्गले बदल्न सक्दैन तसर्थ यो बेला सङ्कल्प गर्नुपर्छ  आगामी निर्वाचन हामीले जित्नै पर्छ ।”

नेपाली कांगे्रसका पूर्वमहामन्त्रीसमेत रहनुभएका कृष्णप्रसाद सिटौलाप्रति लक्षित गर्दै महामन्त्री शर्माले भने, “एकातर्फ कम्युनिष्ट आन्दोलनका नेता केपी शर्मा ओली उभिँदै गर्दा अर्कोतर्फ कृष्णप्रसाद सिटौला छन् । अबको निर्वाचनमा उनलाई उच्च मनोबलका साथ जिताउनै पर्छ ।” नेपाली कांग्रेसलाई जित्ने मात्रै सोच छैन देश चलाउनुपर्ने दायित्व रहेको बताउँदै एक कार्यकाल मात्रै होइन अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्ने बेला आएको शर्माको भनाइ छ ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, सांसद महेन्द्राकुमारी लिम्बू, पार्टीका केन्द्रीय सदस्य  सुशीला ढकाल,  प्रदेश नं १ का सभापति उद्धव थापा, राष्ट्रियसभाका उम्मेदवार गोपालकुमार बस्नेत, कांग्रेसका पुराना नेता पूणानन्द शर्मा लगायतले बोल्नुभएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending