काठमाडौँ । काठमाडौँमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व) मा यसरी मानिसको मृत्यु भएको हो ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी आज मृत भेटिएका हुन् । गिरी सोमबारदेखि गेष्ट हाउसमा बस्दै आएकामा आफू बसेकै कोठाभित्र मृत फेला परेका थिए । यता काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा पार्किङ गरी राखेको पुरानो माइक्रोबसभित्र २२ वर्षीय एक पुरुष पनि मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ डडारे बस्ने ४० वर्षीय महेश राई मृत भेटिएका छन् । बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका उनको शव वरण्डामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–५ बस्ने २८ वर्षीय दिनेश थारु घर नजिकैको खेतमा र नवलपरासी (पूर्व), मध्यबिन्दुस्थित नारायणी नदीको भङ्गालोमा एक पुरुष मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस्तै ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ बस्ने ६७ वर्षीय टीकाराम राई आफ्नै घर नजिकै मृत भेटिएका प्रहरीले जनाएको छ । उनी मिलमा गएकामा बेलुकासम्म नफर्कीएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । तेह्रथुमको फेदाप गाउँपालिका–१ भोगटेनी बस्ने ५५ वर्षीय लाइनबहादुर लिम्बु सोही ठाउँस्थित कालिदह भिरमुनि मृत भेटिएका हुन् । मङ्गलबार मिस्त्रि काम गर्न गएकामा घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यता सिरहाको मिर्चैया नगरपालिका–७ भालुखोलाको किनारमा परिचय खुल्न नसकेका करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको जनाइएको छ । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: