Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

भारोत्तोलनमा सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

खबरडबली संवाददाता

भक्तपुर । महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० पदक प्रदानका लागि यहाँ सम्पन्न २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नेपाल भारोत्तोलन सङ्घले यही पुस २७ देखि २९ गतेसम्म मध्यपुरथिमिमा आयोजना गरेको प्रतियोगितामा सन्देशले सिनियर पुरुष ९६ किलोको स्न्याचतर्फ १०९ किलो भारवहन गर्दै राजविराजमा विसं २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १०८ किलोको कीर्तिमान भङ्ग गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्। 

सन्देशले स्न्याचमा १०९ किलोसहित क्लिन एण्ड जर्कमा १३७ किलो गरी कूल २४६ किलो भार उठाउँदै स्वर्ण पदक हात पारे। एपिएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कास्य पदक हासिल गरे। 

सिनियर पुरुष १०२ किलोमा विशालले स्न्याच, क्लिन एण्ड जर्क र कूलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे। उनले स्न्याचमा १११ र क्लिन एण्ड जर्कमा १५० किलो गरी २६१ किलो भार उठाए। यसअघि सन्देश गुरुङको नाममा स्न्याचमा १०३ किलो र क्लिन एण्ड जर्कमा १३५ किलोको राष्ट्रिय कीर्तिमान रहेको थियो । प्रतियोगितामा आर्मीका विनोद खड्का दोस्रो तथा एपिएफका रणबहादुर नगरकोटी तेस्रो भए। 

प्रतियोगिताको सिनियर पुरुष ८९ किलोमा नेपाल प्रहरीका ओमप्रकाश वैश्यले स्न्याचमा १०५ किलो र क्लिन एण्ड जर्कमा १३० किलो गरी कूल २३५ किलो भारवहन गर्दै प्रथम भए भने नेपाली सेनाका दिनेश कार्की दोस्रो तथा एपिएफका सन्तोष चौधरी तेस्रो भए। 

जुनियर पुरुष ८९ किलोमा बाँकेका सुरज वैश्यले स्न्याचमा ७३ किलो र क्लिन एण्ड जर्कमा १०५ किलो गरी १७८ किलो वजन उठाउँदै स्वर्ण हात पारे। भने चितवनका समिर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कास्य हात पारे। युथतर्फ पुरुषको ९६ किलोमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एण्ड जर्कमा समान ९०–९० किलो गरी कूल १८० किलो तौल उचाल्दै शीर्षस्थानमा पुग्न सफल भए। 

प्रतियोगिताको युथतर्फ महिला ८१ किलोमा कास्कीकी सिन्जल गुरुङले स्न्याचमा ३३ किलो र क्लिन एण्ड जर्कमा ४२ किलो गरी कूल ७५ किलो भार उठाउँदै प्रथम भए। सिनियर महिलाअन्तर्गत ७६ किलोमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ किलो र क्लिन जर्कमा ९३ किलो गरी कूल १६२ किलो भार उठाउँदै प्रथम भए। ८१ किलोमा प्रहरीकी जानकी बुढाले स्न्याचमा ६० किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी जम्मा १३८ किलो भार उचाल्दै स्वर्ण हात पारे। 

त्यस्तै ८७ किलोमा प्रहरीकी विद्या राईले स्न्याचमा ६३ किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी कूल १४१ किलो वजन उचाल्दै स्वर्ण हात पार्नुभयो भने एपिएफकी निशाना बलाल दोस्रो भए। ८७ किलोमाथि नेपाल आर्मीकी अस्मिता राईले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलोसहित कूल ११० किलो भार उचाल्दै स्वर्ण हात पारे। 

जुनियर पुरुषको १०२ किलोमा आर्मीका नीरज सिग्देलले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ८० किलो गरी जम्मा १३० किलो भारवहन गरेर प्रथम भए। सिनियर पुरुषको १०९ किलोमा प्रहरीका राजीव महर्जनले स्न्याचमा १०७ किलो र क्लिन एण्ड जर्कमा १२५ किलो गरी जम्मा २३२ किलो वजन उचालेर स्वर्ण हात पारे। 

त्यस्तै १०२ किलोमाथि आर्मीका पुकार गुरुङले स्न्याचमा १२० किलो र क्लिन एण्ड जर्कमा १४० गरी कूल २६० किलो भारवहन गर्दैै स्वर्ण हात पारे। प्रहरीका सागर भण्डारी दोस्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेस्रो भए। 

प्रतियोगिताको समापन कार्यक्रममा सङ्घीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)लगायतले प्रस्कार प्रदान गरे। प्रतियोगिताअन्तर्गत पुरुष–महिलातर्फ सिनियर–जुनियर–युथमा गरी १४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending