Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

भारोत्तोलनमा सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

खबरडबली संवाददाता

भक्तपुर । महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० पदक प्रदानका लागि यहाँ सम्पन्न २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नेपाल भारोत्तोलन सङ्घले यही पुस २७ देखि २९ गतेसम्म मध्यपुरथिमिमा आयोजना गरेको प्रतियोगितामा सन्देशले सिनियर पुरुष ९६ किलोको स्न्याचतर्फ १०९ किलो भारवहन गर्दै राजविराजमा विसं २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १०८ किलोको कीर्तिमान भङ्ग गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्। 

सन्देशले स्न्याचमा १०९ किलोसहित क्लिन एण्ड जर्कमा १३७ किलो गरी कूल २४६ किलो भार उठाउँदै स्वर्ण पदक हात पारे। एपिएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कास्य पदक हासिल गरे। 

सिनियर पुरुष १०२ किलोमा विशालले स्न्याच, क्लिन एण्ड जर्क र कूलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे। उनले स्न्याचमा १११ र क्लिन एण्ड जर्कमा १५० किलो गरी २६१ किलो भार उठाए। यसअघि सन्देश गुरुङको नाममा स्न्याचमा १०३ किलो र क्लिन एण्ड जर्कमा १३५ किलोको राष्ट्रिय कीर्तिमान रहेको थियो । प्रतियोगितामा आर्मीका विनोद खड्का दोस्रो तथा एपिएफका रणबहादुर नगरकोटी तेस्रो भए। 

प्रतियोगिताको सिनियर पुरुष ८९ किलोमा नेपाल प्रहरीका ओमप्रकाश वैश्यले स्न्याचमा १०५ किलो र क्लिन एण्ड जर्कमा १३० किलो गरी कूल २३५ किलो भारवहन गर्दै प्रथम भए भने नेपाली सेनाका दिनेश कार्की दोस्रो तथा एपिएफका सन्तोष चौधरी तेस्रो भए। 

जुनियर पुरुष ८९ किलोमा बाँकेका सुरज वैश्यले स्न्याचमा ७३ किलो र क्लिन एण्ड जर्कमा १०५ किलो गरी १७८ किलो वजन उठाउँदै स्वर्ण हात पारे। भने चितवनका समिर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कास्य हात पारे। युथतर्फ पुरुषको ९६ किलोमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एण्ड जर्कमा समान ९०–९० किलो गरी कूल १८० किलो तौल उचाल्दै शीर्षस्थानमा पुग्न सफल भए। 

प्रतियोगिताको युथतर्फ महिला ८१ किलोमा कास्कीकी सिन्जल गुरुङले स्न्याचमा ३३ किलो र क्लिन एण्ड जर्कमा ४२ किलो गरी कूल ७५ किलो भार उठाउँदै प्रथम भए। सिनियर महिलाअन्तर्गत ७६ किलोमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ किलो र क्लिन जर्कमा ९३ किलो गरी कूल १६२ किलो भार उठाउँदै प्रथम भए। ८१ किलोमा प्रहरीकी जानकी बुढाले स्न्याचमा ६० किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी जम्मा १३८ किलो भार उचाल्दै स्वर्ण हात पारे। 

त्यस्तै ८७ किलोमा प्रहरीकी विद्या राईले स्न्याचमा ६३ किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी कूल १४१ किलो वजन उचाल्दै स्वर्ण हात पार्नुभयो भने एपिएफकी निशाना बलाल दोस्रो भए। ८७ किलोमाथि नेपाल आर्मीकी अस्मिता राईले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलोसहित कूल ११० किलो भार उचाल्दै स्वर्ण हात पारे। 

जुनियर पुरुषको १०२ किलोमा आर्मीका नीरज सिग्देलले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ८० किलो गरी जम्मा १३० किलो भारवहन गरेर प्रथम भए। सिनियर पुरुषको १०९ किलोमा प्रहरीका राजीव महर्जनले स्न्याचमा १०७ किलो र क्लिन एण्ड जर्कमा १२५ किलो गरी जम्मा २३२ किलो वजन उचालेर स्वर्ण हात पारे। 

त्यस्तै १०२ किलोमाथि आर्मीका पुकार गुरुङले स्न्याचमा १२० किलो र क्लिन एण्ड जर्कमा १४० गरी कूल २६० किलो भारवहन गर्दैै स्वर्ण हात पारे। प्रहरीका सागर भण्डारी दोस्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेस्रो भए। 

प्रतियोगिताको समापन कार्यक्रममा सङ्घीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)लगायतले प्रस्कार प्रदान गरे। प्रतियोगिताअन्तर्गत पुरुष–महिलातर्फ सिनियर–जुनियर–युथमा गरी १४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending