Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

इन्द्रावती गाउँपालिकाले किसानलाई दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने

खबरडबली संवाददाता
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा  आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो । “गाउँपालिकाको १०औँ अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै  दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ ।’’ अध्यक्ष वंशलाल तामाङले भने, “कार्यविधि स्वीकृत भएसँगै किसानले दूधमा प्रतिलिटर दुई रुपैयाँ पाउने भएका छन्  ।”
 
‘इन्द्रावती समृद्विको आधार–शिक्षा–कृषि–स्वास्थ्य–पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले कृषि क्षेत्रलाई व्यवस्थित गराउन गाउँपालिकाले सहकारी तथा तरकारी सङ्कलन केन्द्रसमेत स्थापना र  प्रवद्र्धन गर्ने भएको छ । किसानलाई अनुदान दिने कार्यविधि पारित भएसँगै कृषक व्यावसायिक उत्पादनतर्फ उन्मुख हुन हौसिने  गाउँपालिकाको जिकिर छ । यसैगरी इन्द्रावती नदी किनारमा वर्षौंदेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा नापी गर्न आवश्यक बजेट व्यवस्था गर्ने निर्णयसमेत पारित गर्नाका साथै  सिपाघाट–ज्यामिरेमाने–नवलपुर–सिम्पाल काभ्रे सडकलाई भृकुटी मार्ग नामकरण गर्ने प्रस्ताव पनि स्विकृत भएको छ ।
 
सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पालिकाले आर्थिक वर्ष २०७७÷७८ को हालसम्मका उपलब्धिबारे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै  यो आर्थिक वर्षमा १९दशमलव ८१ प्रतिशत मात्रै खर्च भएको र बाँकी योजना सम्झौता र भुक्तानीको क्रममा रहेको उल्लेख गरे । गाउँसभाले चौमासिक समीक्षासँगै योजना संशोधन तथा रकमान्तर, करका दर, दायरा थप तथा संशोधन, कार्यविधि स्वीकृत र खरिद समिति  तथा मूल्याङ्कन समिति गठनलगायत एजेण्डा पारित गरेको थियो।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending