Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्यो

खबरडबली संवाददाता

लमजुङ । लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ । 

आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र  बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो । 

गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैँची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सिमित भएको छ  ।  गत वर्ष अलैंचीको विक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष रु तीन करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जनाएको छ ।यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैँची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैँची किसानसमेत रहनुभएका संयोजक तामाङले गतवर्ष ४५० केजी अलैँची दाना उत्पादन भएकोमा यो वर्ष २०० केजी मात्र उत्पादन भएको बताए। 

त्यस्तै, बेँसीशहर नगरपालिका–१० खाँचेका अलैँची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गतवर्ष करिब २०० किलो अलैँची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैँची उत्पादन भएको बताए

गतवर्ष ४५० किलो अलैंची दाना बिक्रीबाट रु दुई लाख ७० हजार आम्दानी गर्नुभएको छिनेखोलाका तामाङले यो वर्ष २०० किलो अलैँची दाना बिक्रीबाटै रु दुई लाख २० हजार आम्दानी गरेको हो । खाँचेका तामाङले गतवर्ष रु एक लाख २० हजार आम्दानी गरेकोमा यो वर्ष रु ३५ हजार मात्र आम्दानी गरेको बताएयो ।

गतवर्ष प्रतिकिलो रु ५०० देखि ६०० मा अलैंचीको दाना बिक्री गरेका किसानले यो वर्ष रु एक हजार ५० देखि एक हजार १०० सम्म बिक्री गरेका छन् । अलैंची जोन कार्यलयका अनुसार जिल्लामा गत वर्ष एक हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने चार सय ७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे थियो । 

व्यवसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निराश बनेका छन् । दशकअघि प्रतिकेजी रु २ हजार ५ सयसम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो रु आठ सयदेखि नौसयको हाराहारीमा छ । 

जिल्लामा विसं २०४१ बाट अलैँची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ । विसंंं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । यसैगरी विसं २०७५ मा ७५० क्विन्टल अलैँची दानाको बिक्रीबाट रु पाँच करोड २५ लाख र विसं २०७४ मा ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी गरेको थियो । जिल्लामा हाल एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आए पनि एक हजार २०० हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ ।

उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको बताइएको छ । जिल्लाका किसानले कुनै बेला अलैँची दाना प्रतिकिलो रु दुई हजार २०० सम्ममा बिक्री गर्ने गरेका थिए । 

जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाईमा गोलशाही तथा १६ सयदेखि २२ सय मिटर उचाईमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् । 

उचाइअनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची किसानहरूले असोज महिनामा टिप्ने गर्छन् । अलैंची पाकेपछि टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन्, उनीहरु । दिनभर टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैंची किसानहरू त्यस समयमा व्यस्त हुने गरेका छन् । व्यवसायिक रूपमा अलैंची खेती गरेका जिल्लाका अधिकांश किसानहरूले सुकाएर मात्रै ग्रेडिङ गरी बिक्री गर्ने गरेका छन् ।

लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् । जिल्लामा लगाइएको अलैँचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैँचीका दाना भारतहुँदै विभिन्न देशमा पुग्ने गरेको छ । अलैँची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending