काठमाडौं । नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
कमिटीको नवनिर्वाचित नेतृत्वको आज पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने र कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा कम उपस्थितिमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । गत पुस २३ र २४ गते भएको जिल्ला अधिवेशनले दिपक निरौलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो ।
अध्यक्ष निरौलासँगै उपाध्यक्ष नवराज पराजुली, सचिव राजेश शाक्य र उपसचिव तेजप्रसाद ढकाल र बिन्दु महर्जनले आज काठमाडौैँ महानगरपालिका–४ स्थित जिल्ला कार्यालयमा पदभार ग्रहण गरे । बैठकमा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, प्रदेश कमिटी सदस्य गणेशप्रसाद दुलाललगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - १५:३८
काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन...
बैशाख ११ गते, २०८३ - १५:२७
काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। अब निर्वाचन कहिले हुने भन्ने नयाँ मिति तोकिएको छैन। नि...
बैशाख ११ गते, २०८३ - १४:५४
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती हट...
बैशाख ११ गते, २०८३ - १४:३९
साँझ ७ बजेसम्म खाली गर्नुस्, सामान ढुवानी प्रहरीले गरिदिन्छ
बैशाख ११ गते, २०८३ - १४:१७
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासीहरूलाई हठात रूपमा हटाउने सरकारी निर्देशनविरुद्ध जेनजी अधिकारकर्मी र कानून व्यवसायी...
बैशाख ११ गते, २०८३ - १४:०१
काठमाडौं । काठमाडौंमा सुकुमवासी बस्ती खाली गराउने सरकारी तयारीसँगै आन्दोलन चर्किएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कार्यालय अग...
बैशाख ११ गते, २०८३ - १३:१०
काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनीविरुद्ध दर्ता भएक...
बैशाख ११ गते, २०८३ - १२:५४
विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा भएको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। शुक्रबार बिहान उपप्रमुख शिल्पा निरला कार्की सहितको टोलीले उक...
बैशाख ११ गते, २०८३ - १२:४०
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत-अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ ...
बैशाख ११ गते, २०८३ - १२:१८
काठमाडौँ। प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमनका क्रममा पत्रकार आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको भन्दै...


प्रतिकृया लेख्नुहोस्: