Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रधानमन्त्रीद्वारा अफगानिस्तानलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र कठ्याङ्ँिग्रदो चिसो बढेका बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगान नागरिकलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद दिएका छन् ।

अफगान नागरिकहरुलाई यही माघ २ गते नेपालका तर्फबाट मानवीय सहयोग सामग्री हस्तान्तरण गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँग आज भएको भेटमा उनले भने, “अफगानिस्तानमा चरम सङ्कट छ, त्यसमा संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता सामग्री चाहियो भनेर आह्वान गर्दा नेपालका सबै उद्योगीहरुले मद्दत गरे, सबैलाई धन्यवाद छ ।” साथै उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई स्वदेशमै मल कारखानाजस्ता सरकारका प्राथमिकताका क्षेत्रमा लगानी गर्न आग्रह गर्दै त्यसमा सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले सरकारले सदैव निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको धारणा व्यक्त गर्दै निजी क्षेत्रका लगानीमा सरकारका तर्फबाट सक्दो सहयोग र समन्वय हुने उल्लेख गरे।

प्रधानमन्त्री देउवाले मुलुक अहिले पुनः कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर यसबाट जोगिनुपर्ने बताए। उनले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै सबैलाई खोप लगाएर कोरोनाबाट सुरक्षित रहन आग्रहसमेत गरे।

कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालले पहिलोपटक विमान चार्टर गरेर मित्रराष्ट्रलाई सहयोग गर्न पाएकोमा खुुुसी व्यक्त गर्दै यसले नेपालले सदैव सहयोग लिने मात्र नभई आवश्यक परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्न पनि सक्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो । सार्कको सदस्य राष्ट्रसमेत रहेको अफगानिस्तानमा तालिबानीहरुले सत्ता लिएपछिको मानवीय सङ्कटका बारेमा मिडियामार्फत जानकारी पाएपछि आफूले विभिन्न मुलुकका राजदूत र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग कूटनीतिक माध्यमबाट समन्वय गरी उक्त अभियान अघि बढाएको र सफल भएको उनले उल्लेख गरे ।

कार्यक्रममा नेपालस्थित अवैतनिक महावाणिज्यदूतहरुको सङ्घका प्रमुख लोकमान्य गोल्छा, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आफूहरुले मुलुकमा आइपर्ने विपद् र अन्य सामाजिक उत्तरदायित्यका कार्यमा सहयोग गर्दै आएको उल्लेख गर्दै निजी क्षेत्रका व्यवसायमा सरकारले आवश्यक समन्वय गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले यही माघ २ गते अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत मानवीय राहत सामग्री हस्तान्तरण गरेको थियो । नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबारोभलाई सो सामग्री हस्तान्तरण गर्नुभएको थियोे । परराष्ट्रमन्त्री डा खड्काको पहलमा नेपाल सरकारले औषधि, लत्ताकपडा र घरायसी सामानसहित करिब १४ टन मानवीय सहायता सामग्री चार्टर्ड विमानमार्फत अफगानिस्तान पठाएको थियो ।

नेपालका तर्फबाट उक्त सामग्री नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपालस्थित अवैतनिक महावाणिज्यदूतहरु, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका सङ्घसंस्था लगायतले सहयोग गरेका थिए । हिमालय एअरलाइन्सले उक्त सामग्री पु¥याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुुल्क कार्गो उडान भरेको थियो ।

सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र अवैतनिक महावाणिज्यदूत गरी १५ सदस्यीय टोली अफगानिस्तान गएको थियो । अफगानिस्तानमा पछिल्लो समय आर्थिक कठिनाइ र कठोर जाडो मौसमले त्यहाँका जनतालाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता र समर्थनको आवश्यकता छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending