Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

प्रधानमन्त्रीद्वारा अफगानिस्तानलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र कठ्याङ्ँिग्रदो चिसो बढेका बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगान नागरिकलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद दिएका छन् ।

अफगान नागरिकहरुलाई यही माघ २ गते नेपालका तर्फबाट मानवीय सहयोग सामग्री हस्तान्तरण गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँग आज भएको भेटमा उनले भने, “अफगानिस्तानमा चरम सङ्कट छ, त्यसमा संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता सामग्री चाहियो भनेर आह्वान गर्दा नेपालका सबै उद्योगीहरुले मद्दत गरे, सबैलाई धन्यवाद छ ।” साथै उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई स्वदेशमै मल कारखानाजस्ता सरकारका प्राथमिकताका क्षेत्रमा लगानी गर्न आग्रह गर्दै त्यसमा सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले सरकारले सदैव निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको धारणा व्यक्त गर्दै निजी क्षेत्रका लगानीमा सरकारका तर्फबाट सक्दो सहयोग र समन्वय हुने उल्लेख गरे।

प्रधानमन्त्री देउवाले मुलुक अहिले पुनः कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर यसबाट जोगिनुपर्ने बताए। उनले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै सबैलाई खोप लगाएर कोरोनाबाट सुरक्षित रहन आग्रहसमेत गरे।

कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालले पहिलोपटक विमान चार्टर गरेर मित्रराष्ट्रलाई सहयोग गर्न पाएकोमा खुुुसी व्यक्त गर्दै यसले नेपालले सदैव सहयोग लिने मात्र नभई आवश्यक परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्न पनि सक्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो । सार्कको सदस्य राष्ट्रसमेत रहेको अफगानिस्तानमा तालिबानीहरुले सत्ता लिएपछिको मानवीय सङ्कटका बारेमा मिडियामार्फत जानकारी पाएपछि आफूले विभिन्न मुलुकका राजदूत र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग कूटनीतिक माध्यमबाट समन्वय गरी उक्त अभियान अघि बढाएको र सफल भएको उनले उल्लेख गरे ।

कार्यक्रममा नेपालस्थित अवैतनिक महावाणिज्यदूतहरुको सङ्घका प्रमुख लोकमान्य गोल्छा, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आफूहरुले मुलुकमा आइपर्ने विपद् र अन्य सामाजिक उत्तरदायित्यका कार्यमा सहयोग गर्दै आएको उल्लेख गर्दै निजी क्षेत्रका व्यवसायमा सरकारले आवश्यक समन्वय गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले यही माघ २ गते अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत मानवीय राहत सामग्री हस्तान्तरण गरेको थियो । नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबारोभलाई सो सामग्री हस्तान्तरण गर्नुभएको थियोे । परराष्ट्रमन्त्री डा खड्काको पहलमा नेपाल सरकारले औषधि, लत्ताकपडा र घरायसी सामानसहित करिब १४ टन मानवीय सहायता सामग्री चार्टर्ड विमानमार्फत अफगानिस्तान पठाएको थियो ।

नेपालका तर्फबाट उक्त सामग्री नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपालस्थित अवैतनिक महावाणिज्यदूतहरु, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका सङ्घसंस्था लगायतले सहयोग गरेका थिए । हिमालय एअरलाइन्सले उक्त सामग्री पु¥याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुुल्क कार्गो उडान भरेको थियो ।

सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र अवैतनिक महावाणिज्यदूत गरी १५ सदस्यीय टोली अफगानिस्तान गएको थियो । अफगानिस्तानमा पछिल्लो समय आर्थिक कठिनाइ र कठोर जाडो मौसमले त्यहाँका जनतालाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता र समर्थनको आवश्यकता छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending