पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी २० औँ संस्करणको ‘आहा १ रारा गोल्ड कप’फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा मनाङले विभागीय आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँगको भेट पक्का गरेको हो ।
एपिएफले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई हराएको थियो । नियमित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा मनाङले आर्मीलाई निराश बनायो ।
पेनाल्टी सुटआउटमा मनाङका गोलकिपर अशोक बरालले आर्मीका युद्ध शाहीको प्रहारलाई रोक्दै मनाङलाई उपाधि नजिक पु¥याउनुभयो । विपक्षीको एक प्रहार रोक्न सफल हुनुभएका गोलकिपर बराल म्यान अफ दी म्याचसमेत घोषित हुँदै रु आठ हजार पुरस्कार प्राप्त गर्नुभयो । टाइब्रेकरमा मनाङका फ्रान्कलिन कुटी टाला, शिव गुरुङ, रुपेश केसी र अफिज ओलावालेले ओलावाले गोल गर्नुभयो । मनाङका विश्व अधिकारीको प्रहार पोष्टमा लागेर फर्किदा गोल हुन सकेन ।
आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्न सफल हुनुभयो । दीपक गुरुङको पेनाल्टी प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो । पहिलो हाफको नवौँ मिनेटमा मनाङले पाएको पेनाल्टीमा कप्तान विमल राना गोल गर्न असफल हुँदा मनाङले अग्रता लिने मौका खेर फालेको थियो । आर्मीका डिफेण्डर युद्ध शाहीले पेनाल्टी क्षेत्रमा बल क्लियर गर्ने क्रममा बल हातले छुँदा खेलका रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टीको अवसर दिनुभएको थियो । खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।
खेलपछिको पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक फुजा टोपेले पहिलो हाफमा प्राप्त पेनाल्टीको अवसर खेर फाल्दा जितका लागि टाइब्रेकरसम्म सङ्घर्ष गर्नुपरेको बताए। विपक्षी टोलीले राम्रो खेलेको भन्दै उहाँले पेनाल्टी सुटआउटमा आफ्नो टोली भाग्यमानी भएको उल्लेख गर्नुभयो । आर्मीका प्रशिक्षक राजु तामाङले प्राप्त अवसर सुदपयोग गर्न नसक्नुनै हारको कारण रहेको बताउनुभयो । टोलीका केही खेलाडी घाइते भएकाले समेत फिनिसिङमा समस्या भएको बताए ।
यही माघ ६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल माघ १५ गते सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिताको विजेताले रु १० लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रु पाँच लाख एक हजार र मेडल पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: