Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

डुबानको समस्याबाट मुक्त हुँदै टीकापुर

रासस

टीकापुर । कैलालीको टीकापुर नगरपालिका– १ मा निर्माणाधीन  मानव मलमूत्र व्यबस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । पचासी प्रतिशत काम सकिएको र बाँकी  दुई महिनामा भित्रमा सम्पन्न हुनेगरी काम भइरहेको जनाइएको छ ।  

साना शहरी खानेपानी आयोजनाका इञ्जीनियर पारसमणि भट्टले भने, ‘एक वर्षमा सक्नुपर्ने निर्माण काम कोरोनाका कारण थप ३ महिना लाग्ने भएको छ,  अगामी फागुनसम्म  नगरपालिकालाई हस्तान्तरण गर्छौँ । मलमूत्र व्यवस्थापन र ढलको काम सँगसँगै भइरहेको छ ।’  

सो केन्द्र सञ्चालनमा आएपछि दैनिक ९ घनमिटर अर्थात ९ हजार लिटर मलमूत्र  व्यबस्थापन गर्न सहज हुनेछ । यतिखेर घरको मलमूत्र ट्याङ्की (सक्सन मेशिन) बाट निकालेर खुल्ला ठाउँमा जथाभावी फाल्ने गरिएको छ । विगत चार वर्षदेखि  नगरपालिकाको सो मेशिनमार्फत घरमा जम्मा भएको मलमूत्र निकालिए पनि फाल्ने स्थानको समस्या थियो । यसरी जथाभावी फोहर व्यबस्थापन गर्दा वातावरण दुर्गन्धित हुने गरेको छ ।

पछिल्लो जनगणनाअनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसंख्या  छ । मलमूत्र केन्द्रलाई कार्यबिधि बनाएर सञ्चालन गरिने टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए। 

‘यतिखेर हप्ताको तीन चार दिनमात्र सक्सन मेशिन प्रयोगमा आउने गरेको छ, यसको क्षमताअनुसार प्रयोग गर्न अन्य स्थानीय निकायसँग पनि सहकार्य गर्न आवश्यक छ’ उनले भने। 

भ्याट सहित  ६० करोड रुपैयाँमा केन्द्र र सतही ढल गरी दुई आयोजना निर्माणाधीन न् । सतही पानीको निकास गर्न २९ किलोमिटर लामो ढल निर्माण हुने भएको छ । अहिलेसम्म साढे चार किमी ढल निर्माण भएको छ । मुक्त कमैया बस्ती र बजार क्षेत्रमा गरी २९ किमी लामो ढल निर्माणको योजना रहेको आयोजनाका परामर्शदाता इञ्जीनियर अरुण रोस्याराले जानकारी दिए। 

‘स्थानीय तहबाट असहयोग भएन भने ढलको काम अबको एक वर्षमा सकिन्छ’,  उनले भने,‘निर्माणमा प्रयोग भएका सामग्री सरकारको प्रयोगशालामा परीक्षण हुन्छ ।’ 

टीकापुर मै प्रयोगशाला राखेर फलामका डण्डी, सिमेण्ट, इटा, बालूवा र गिट्टी परीक्षण गर्दै आएको र निर्माण भएका संरचनाको पुनः परीक्षण हुने गरेको उनले बताए। उनले मलमूत्र व्यबस्थापन र ढलको काम सँगसँगै भइरहेको पनि जानकारी दिए। 

सतही पानीलाई  ढलमार्फत् जमरा र ज्ञानी कुलामा पठाइने छ भने मलमूत्र प्रशोधन गरेर निस्केको सफा पानी जमरामा पठाइने जनाइएको छ । कतिपय ठाउँमा खानेपानीको पाइपले समस्या पारेको जनाउँदै स्थानीय सरकारसँग मिलेर आयोजना निर्माण भइरहेको कम्पनीको भनाइ छ । 

सो केन्द्र सञ्चालनमा आएपछि मलमुत्र व्यवस्थापनका लागि समस्या कम हुने स्थानीयवासी रुपा साउँदले बताए। ‘शौचालयबाट निकालिएको मलमुत्र आफ्नै बारीभित्रै व्यवस्थापन गर्नुपर्ने समस्या थियो, अब प्रशोधन गरेर उर्जा निस्कनेछ । यसले नागरिकलाई पनि सजिलो र सरकारलाई पनि आम्दानी हुन्छ’, उनले भने, ‘यसका साथै आकाशे पानी व्यवस्थापनका लागि बन्न थालेको ढलले बर्सेनि वर्षा हुने वित्तिकै डुवान हुने टीकापुर डुवानबाट समस्यामा पर्ने छैन ।’

स्थानीयवासी यसरी निर्माण भइरहेका योजना गुणस्तरीय बनाउनतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy