Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

खोप लगाउन आजदेखि विद्यालयहरु खुले

खबरडबली संवाददाता

दाङ । कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् ।

१२ देखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यसाथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन् ।

विद्यालय खुलेपछि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिने भएको छ । घोराहीबाहेकका नौ पालिकाका बालबालिकालाई पहिलो मात्रा मोडर्ना खोप लगाइने र घोराहीमा दोस्रो मात्रा तथा यसअघि छुटेका बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए ।

यसअघि गत पुस २० देखि २६ गतेसम्म घोराहीका २२ हजार ४५५ बालबालिकालाई मोडर्ना खोप लगाइएको थियो । घोराहीका बालबालिकालाई दोस्रो मात्रा र त्यतिबेला छुटेका बालबालिकालाई पहिलो मात्रा दिइने प्रमुख शाहीले जानकारी दिए।

घोराहीबाहेकका अन्य पालिकामा भने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि यसअघि खोप अभियान चलाइएको छैन । माघ ४ गते गृह, स्वास्थ्य, शिक्षा तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निर्णय गरेको थियो।

दाङमा अहिलेसम्म ८८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार पहिलो डोज खोप लगाउने ८८ प्रतिशत र दोस्रो डोज लगाउने ६१ प्रतिशत छन् ।

स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत मेघराज पौडेलका अनुसार पहिलो डोज लगाउने तीन लाख ५० हजार ५२७ जना र दोस्रो डोज लगाउने दुई लाख ६७ हजार ६३३ जना रहेका छन् ।

घोराहीमा एक लाख २८ हजार ११ जनाले पहिलो र ९३ हजार ४३० जनाले दोस्रो डोज खोप लगाएका छन् । त्यसैगरी तुलसीपुरमा ९७ हजार २२३ जनाले पहिलो र ७१ हजार ९८० जनाले दोस्रो डोज खोप लगाएको अधिकृत पौडेलले जानकारी दिए ।

लमहीमा ३० हजार ६८५ जनाले पहिलो र २६ हजार २३८ जनाले दोस्रो डोज लगाएका छन् । यसैगरी बङ्गलाचुलीमा आठ हजार ८८५ जनाले पहिलो र सात हजार २०१ जनाले दोस्रो डोज खोप लगाएको तथ्याङ्क छ ।

बबईमा १४ हजार ३९५ जनाले पहिलो र १० हजार २४४ जनाले दोस्रो, शान्तिनगरमा १४ हजार ८८४ जनाले पहिलो र नौ हजार ७७३ जनाले दोस्रो, दङ्गीशरणमा ११ हजार ६३६ जनाले पहिलो र नौ हजार दुई जनाले दोस्रो डोज खोप लगाएका छन् ।

राप्तीमा २२ हजार ५०० ले पहिलो र २० हजार ४५२ जनाले दोस्रो, गढवामा २० हजार १०२ जनाले पहिलो र १३ हजार ७४७ जनाले दोस्रो र राजपुरमा १२ हजार ७९९ जनाले पहिलो र पाँच हजार ५६६ जनाले दोस्रो डोज खोप लगाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्टलाई नै प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान रोकिएको छ। कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मत...

बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खस्यो

काठमाडौं । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरि बिहान ११:०० बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ। यो कुल मतदाताक...

दोलखाको तामाकोसी–४ मा रोकिएको मतदान पुन: सुचारु

काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुन: सुचारु गर्ने सहमति भएको छ। बागमती प्रदेशका डीआईजी दीप...

सर्लाहीको बलरा–४ मा रोकिएको मतदान पुन: सुरु

काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केही समयका लागि रोकिएको मतदान पुन: सुरु भएको छ। उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्ट...

बर्दिवासमा पौने घण्टापछि सुरु भयो मतदान

बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...

मतदानपछि बालेन शाह हेलिकप्टरमार्फत झापा जाँदै

काठमाडौं । बालेन शाहले काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेका छन्। मतदान गरेपछि उनी झापा जाने तयारीमा रहेका छन्। सुरक्षा स्रोतका अनुसार बालेन मा...

ओखलढुंगामा मतदान केन्द्र नौ बजेसम्म सुनसान

ओखलढुंगा। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।...

उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीको हतियार पड्कियो

काठमाडौं। उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र ताव...

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE