हुम्ला । कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो ।
हिमपातका बीच गाउँगाउँमा गएर तेस्रो डोजको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरू खटाइएको छ । जिल्लामा कोभिडसिल्ड १४ हजार ४०२, भेरोसिल्ड २० हजार ८००, जोनसोन एक हजार १००, एस्ट्राजेनेका तीन हजार ८९० र मोडर्ना ३७० खोप आइसकेको छ । तेस्रो डोजको खोप लगाउने कार्य सुरु भइसकेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
नेपाली सेना, नेपाली प्रहरी, नेपाली सशस्त्र प्रहरी बल, कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरू गरी ३०० जनामा तेस्रो खोप लगाइसकेको र जोसुकैलाई पनि हुम्ला जिल्ला अस्पतालमा तेस्रो खोप लगाउनका लागि खुला गरिएको छ ।
त्यसैगरी हुम्ला जिल्लाको उत्तरी सिमानाको नाम्खा गाउँपालिका–५ र ६ मा भने अत्यधिक हिमपात भएका कारणमा त्यसतर्फ स्वास्थ्यकर्मीहरूलाई पठाउन कठिनाइ भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख सिंहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - १०:२८
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्याल...
आषाढ़ १२ गते, २०८३ - १०:०७
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित...
आषाढ़ १२ गते, २०८३ - ०७:४०
काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...
आषाढ़ १२ गते, २०८३ - ०७:३६
काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...
आषाढ़ १२ गते, २०८३ - ०७:३४
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...
आषाढ़ १२ गते, २०८३ - ०७:३१
ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...
आषाढ़ १२ गते, २०८३ - ०७:०९
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...
आषाढ़ १२ गते, २०८३ - ०७:०८
सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...
आषाढ़ १२ गते, २०८३ - ०७:०६
काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...



प्रतिकृया लेख्नुहोस्: