Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पार्टीबाट अलग्याएको आरोप लगाउँदै कमल थापाले लेखे अध्यक्ष लिङ्देनलाई पत्र

पूर्वराजा ज्ञानेन्द्रप्रति यस्तो आक्रोश

खबरडबली संवाददाता

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले वर्तमान  अध्यक्ष राजेन्द्र लिङ्देनलाई ध्यानाकर्षणपत्र लेखेका छन् । आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पुनः​ ध्यानाकर्षणपत्र लेख्दै नेता थापाले नेतृत्वले आफुलाई योजनावद्ध रूपमा अलग्याएको आरोप लगाएका छन् 

थापाले महाधिवेशनपछि पार्टीका कुनैपनि कार्यक्रममा आफुलाई संलग्न नगराएको र पार्टीका गतिविधिबारे कुनै सूचना नदिएको बताउँदै नेतृत्वले अलग्याएको आरोप लगाएका हुन् । आफुले २०७८ मंसिर २७ गते लेखेको पत्रलाई नेतृत्वले रद्दीको टोकरीमा फालिदिएको बताएका छन् । 

थापाले ध्यानाकर्षण पत्रमा पूर्वराजा ज्ञानेन्द्रप्रति पनि आक्रोश पोखेका छन् । राप्रपालाई निर्मल निवासले खेलाउन खोजेको आरोप लगाउँदै भनेका छन् स् ‘राप्रपा निर्मल निवासले खोलेको पार्टी होइन । निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन । नविर्सौँ राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो । यसलाई त्यही रूपमा कायम राख्नुपर्छ ।’

यस्तो छ थापाले अध्यक्ष लिङ्देनलाई लेखेको पत्र 

 

श्रीमान् अध्यक्षज्यु
राष्ट्रिय प्रजातन्त्र पार्टी 
केन्द्रिय कार्यसमिति, काठमाण्डौ
 
विषय : ध्यानाकर्षण वारे
 
मैले तपाईंलाई मिति २०७८ मंसिर २७ गते पठाएको पत्रको सम्झना दिलाउँदै यो ध्यानाकर्षण पत्र प्रेषित गरेको छु ।  मंसिर २७ को उक्त पत्रमा मैले पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु । यो पार्टीमा मेरो रगत पसिना बगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छू भनि उल्लेख गरेको थिएँ । उक्त धारणा प्रति म अहिले पनि प्रतिवद्ध छु । 

पार्टीको ऐतिहासिक एकता महाधिवेशन पछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो, तर अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गैरहेको देखिन्छ ।  पार्टीको वृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ । महाधिवेशन पछि पार्टीका कुनैपनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन, पार्टीका कार्यक्रम र गतिविधि वारे मलाई कुनै सूचना र जानकारी समेत दिईएको छैन । योजनावद्ध रूपमा मलाई अलग्याउने प्रयास भैरहेको देख्छु ।

यसबीच एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यता विपरित केन्द्रिय कार्यसमितिको विस्तार, राष्ट्रियसभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीय तहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्य वारे थप चिन्ता बढेर गएको छ । पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्विकार गर्नु तथा पार्टीलाई भजन मण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होईन । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्त रूपमा प्रस्तुत हुन त्यो अनिवार्य शर्त हो । राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्ने कुरा हामीले छाति खोलेर भन्न हिचकिच्याउनु हुँदैन । राजसंस्था प्रतिको हाम्रो आस्था सैद्धान्तिक निष्ठा हो । राजसंस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर रहन सक्नुपर्छ । 

राप्रपा निर्मल निवासले खोलेको पार्टी होईन । निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन । नविर्सौँ राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो । यसलाई त्यही रूपमा कायम राख्नुपर्छ । पुर्व अध्यक्षहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपती शमसेर राणा र कमल थापाले कायम राखेको पार्टीको स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक चरित्र र इतिहास तपाईंको पालामा स्खलित नहोस् भन्ने म चाहन्छु ।
 
तपाईं पार्टीको गरिमामय अध्यक्ष पदमा निर्वाचित भैसक्नुभयो । मैले निर्वाचन परिणामलाई चुनौति दिएको छैन । आउँदो पाँच वर्ष तपाईंले नै पार्टीलाई हाँक्ने हो । सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्य जिम्मेवारी हो ।
 
त्यसर्थ, मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय कार्यसमितिको बैठकमा पेश गर्न तथा त्यसबारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु । फेरी पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने तथा पार्टीलाई दुर्घटना तर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।  धन्यवाद
 
 कमल थापा
निवर्तमान अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउ...

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६:३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहु...

एमालेको मतगणना जारी: अधिकांश पदमा ओली प्यानलकै वर्चश्व

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएसँगै मतगणना भइरह...

मतगणना जारी, अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ...

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार नाघ्याे, चाँदीकाे कति ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...

एमाले सचिवमा २० उम्मेदवारमा कसको अग्रता छ ?

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...

एमाले उपाध्यक्षमा विष्णु पौडेलको अग्रता

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...

मतगणनाको प्रारम्भिक नतिजा: ओलीले १५६ मत पाउँदा ईश्वर पोखरेलले पाए ६७

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...

रवि लामिछाने र छविलाल जोशीको धरौटी मागसम्बन्धी मुद्दाको पेसी आज

बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending