काठमाडौं । नेपाल ओलम्पियन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवको वैकल्पिक व्यवस्थापन गरी खेलकुदलाई पुनः चलायमान बनाउन माग गरेको छ ।
सङ्घका अध्यक्ष दीपक विष्टले आज प्रेस विज्ञप्ति जारी गर्दै सदस्यसचिव विवादको कानुनी रूपमा किनारा नलाग्दासम्म वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको हो । राखेप सदस्यसचिवको बर्खास्ती र नयाँ नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ समयमा हुन नसक्दा समग्र खेलकुद नै अनिर्णयको बन्दी हुनु पुगेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यस्तै सङ्घले विज्ञप्तिमा भनेको छ, ‘परिषद्ले नियमित कामसमेत गर्न नसकेको अवस्थामा यसलाई नियमित काममा फर्काउनका लागि नेपाल सरकार र सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौँ । अझै पनि यही यस्तै शून्यताले निरन्तरता पाउने हो भने यसले समग्र खेलकुदमा नै नकारात्मक असर पर्ने पक्का जस्तै छ ।’
खेलकुदको कार्यकारी निकाय राखेप पछिल्लो दुई महिनादेखि ठप्प रहेको र त्यसले समग्रमा खेलकुद, प्रशिक्षक, कर्मचारी सबैको काममा असर परेकाले यो अन्यौलको छिट्टै अन्त्य गरिनुपर्ने मागसमेत सङ्घले गरेको छ ।
त्यसैगरी ‘यसै वर्ष चीनमा आयोजना हुने एसियाली खेलकुदको तयारी, नवौँ राष्ट्रिय खेलकुदको आयोजना, १४औँ दक्षिण एसियाली खेलकुद र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्नुपर्ने समयमा कार्यकारी निकायको प्रमुख सदस्यसचिव नहुँदा दैनिक काममा असर परिरहेको विज्ञप्तिमा भनिएको छ ।
शेरबहादुर देउवा सरकारले तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई दुईपटक स्पष्टीकरण सोध्दा चित्त नबुझेको भन्दै कात्तिक १ गते बर्खास्त गरेको थियो । त्यसपछि मन्त्रिपरिषद्ले मङ्सिर १३ गते टङ्कलाल घिसिङलाई नयाँ सदस्यसचिव नियुक्त गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: