Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

भन्सार छलेर ल्याइएको एक करोड ५० लाखका मदिरासहित चार पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर ल्याइएको रु एक करोड ५० लाख मूल्यका मदिरासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल काठमाडौँको कपन बस्ने वर्ष ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल काठमाडौँ कागेश्वरी मनहरा बस्ने  वर्ष ३० वर्षीय शैलेश पन्त, पर्सा सुवर्णपुर घर भई हाल काठमाडौँको हाँडीगाउँ बस्ने वर्ष २८ वर्षीय रबिन पाख्रिन र सर्लाही घर भई हाल चावहिल बस्ने ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् । 

बख्रेलसमेतका व्यक्तिहरूले महँगो मूल्यका मदिरा ९रेड लेबल, ब्ल्याक लेबल, अब्सुलुट भोड्का, चिभार रिगललगायतका० भारतबाट चोरी–पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा ‘अपरेस लिमा’ सञ्चालन गरी प्रहरीले ठूलो परिमाणको अवैध मदिरासमेत बरामद गर्न सफल भएको छ ।

अघिल्लो हप्ता प्राप्त विशेष सूचनाका आधारमा खोजतलासमा निस्किएको महानगरीय अपराध महाशाखाको टोलीले यही १४ गते उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायत विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिरा बदारम गरेको थियो । यसको बजार मूल्य एक करोड ५० लाख रहेको जनाइएको छ । आवश्यक अनुसन्धानपछि थप अनुसन्धान तथा कारबाहीको आज राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको महाशाखाले जनाएको छ ।  

रबि भन्ने भारतीय नागरिक र सन्तोषचन्द्र बख्रेलको योजनामा भारतबाट राजस्व छली गरी विभिन्न ब्रान्डका मदिरा बिक्री हुने गरेको अनुसन्धानमा  खुलेको छ । बख्रेलले तीन महिनाअघि पहिलोपटक १६० कार्टुन, दोस्रोपटक  २०० कार्टुन र तेस्रोपटक ३०० कार्टुन ब्ल्याक लेबल, रेड लेबल, चिभास रिगल र एब्सुलेट भोड्का ल्याई गैरकानुनी रुपमा बिक्री वितरण अनुसन्धानमा खुलेको महाशाखाप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बख्रेलले बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएको र नारायणप्रसाद घिमिरेले उक्त ब्रान्डका मदिरा डिउटी फ्रीको हो भनी ग्राहकलाई विश्वास दिलाई बिक्री गर्दै आएका थिए । उक्त राजस्व छलीका मदिरा विशेषतः पार्टी प्यालेसमा बिक्री वितरण गर्ने पाइएको महाशाखाले आज एक विज्ञप्ति जारी गरी जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...

भेनेजुएला भूकम्पमा मृत्यु हुने १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितका सूचना टाँस्न थाले परिवार

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...

५१ दिनमै नतिजा, तर किन सडकमा उत्रिए कक्षा १२ का विद्यार्थी ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...

राजधानी नजिकै सञ्चार संकट, विपद्का बेला सम्पर्कविहीन बन्छ दक्षिण ललितपुर

ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...

विश्वकप : समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर नकआउटमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...

सप्तरीको बलान बिहुलबाट २ राउन्ड गोलीसहित २ जना पक्राउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending