Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

खर्च जुटाउन मकर मेलामा ‘खाजा घर’ सञ्चालन

खबरडबली संवाददाता

बनेपा । पनौती नगरपालिका वडा नं ७  पुरानो बजारस्थित पनौती आधारभूत विद्यालयलमा कक्षा ८ मा अध्ययनरत अस्मिता खनाल  योमरी बनाउन र वितरण व्यस्त छिन् । 

विद्यालयले मकर मेला लक्षित ‘खाजा घर’ सञ्चालन गरेपछि उनी सहित सो विद्यालयमा अध्ययनरत छात्रछात्रा करिब दुई सातादेखि काममा  व्यस्त भएका हुन् । 

पनौती –४ ज्यापाटीका रञ्जिता थोकर पिठो मुछेर योमरी बनाउँदैमा दिनभर व्यस्त हुन्छिन् । शैक्षिक भ्रमण जानका लागि खर्च जोहो गर्न  ती काम थालेको उनीहरुको भनाइ छ  । 

विद्यालयद्वारा सञ्चालित सो खाजा घरमा  ११ विद्यार्थीले स्वयंसेवकका रुपमा काम गर्दै आएका छन् । उनीहरुको काम योमरी बनाउने, पकाउने, ग्राहकलाई  दिने रहेको छ ।  दैनिक चार हजारदेखि छ/सात हजारसम्मको योमरी बिक्री हुने गरेको विद्यालयले जनाएको छ । 

उनीहरुले आलोपालोमा काम गर्दै आएका छन् ।  विद्यालयमा कक्षा सात र आठमा अध्ययनरत ५८ विद्यार्थी भ्रमणको तयारी गर्दैछन् । 

कोरोना सङ्क्रमण जोखिमका कारण अहिले विद्यालय बन्द छ ।  शैक्षिक गतिविधि बन्द रहेको  समयमा विद्यालय भवनमा ‘खाजा घर’ सञ्चालन गरेपछि विद्यार्थीको सीप र स्वयंसेवी काममा सहयोग समेत पुगेको जनाइएको  । सो विद्यालय  पनौती क्षेत्रकै सबैभन्दा पुरानो विद्यालयभित्र पर्ने पनौती – ७ का  लक्ष्मीनारायण ख्वाउजुले बताए। 

खाजाघर सञ्चालन गर्न विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिका पनि उत्तिकै खटिरहनुभएको छ । प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारको नेतृत्वमा सो काम भइरहेको हो । 

मकर मेला सञ्चालन अवधिभर सञ्चालन हुने खाजाघरबाट  करिब रु ६० देखि ७० हजारसम्म आम्दानी हुने अनुमान गरेको उनले बताए। विद्यालयमा २४० विद्यार्थी अध्ययनरत छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending